Top Ad unit 728 × 90

News
News

नेपालको युवा हरु लाई स्वदेशमै रोजगारी दिने डा. बाबुराम भट्टराईको

भदौ २६,पोखरा । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले नयाँ शक्ति नेपाल पुरानो पार्टीको पुनरावृत्ति नभएकाले युवालाई स्वदेशमै रोजगारी दिने वातावरण बनाउन लागेको बताएका छन् ।
तमु राष्ट्रिय परिषद् नेपालको प्रथम राष्ट्रिय भेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले युवालाई स्वदेशमै रोजगारी दिने बताए। ‘अहिले रोजगारी नपाएर ठूलो जनशक्ति विदेशमा जानुपरेको छ, यो देशका लागि खुसीको क्षण होइन’, भट्टराईले भने, ‘कृषि, पर्यटन, जलस्रोत र उद्योगका क्षेत्रमा विकास गरी सबै युवालाई यहीँ रोजगारी दिने गरी वातावरण बनाएर पार्टी अघि बढिराखेको छ ।’ उनले नयाँ सोच, विचार राख्दै वैकल्पिक शक्तिका रुपमा आफ्नो पार्टी अघि बढेको र यसलाई सबै नेपाली जनताको साथ रहने विश्वास व्यक्त गरे । भट्टराईले संविधान संशोधन गरी सङ्घीय ढाँचामा जानुपर्नेमा जोड दिएका छन् । सबै अग्रगामी सोच राख्ने जाति, समुदाय एकै ठाउँमा बसेर राज्यको पुनःसंरचना गर्नुपर्ने आवश्यकता भएको उनको जोड छ । उनले विकास र समृद्धिका साझा अवधारणा लिएर देशलाई सुन्दर र शान्त बनाउनुपर्नेमा जोड दिएको अन्नपुर्ण पोष्टमा समाचार छ ।
नेपालको युवा हरु लाई स्वदेशमै रोजगारी दिने डा. बाबुराम भट्टराईको Reviewed by Google Girl on 11:59:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.