Top Ad unit 728 × 90

News
News

गर्भवती श्रीमती, आमा र एक छोरा छोडेर परदेशिएका दिपेश सुनारको ४ दिनमै युएई मा गयो ज्यान

उमाकान्त पाण्डे/युएई, भदौ २२ – घर छोडेर परदेश हिंडेका युवा कहिले घर आँगनमा टेक्लान ? ६ महिना, एक वर्ष वा दुई वर्ष ।तर रुपन्देहीका एक युवा युएई आएको दुई हप्तामै घर फर्किएका छन । तर उनी विदेशिदा बोकेका सपना पूरा गरेर भने घर फर्किएका होइनन् । घरबाट परदेश हिँडेको १४ दिनमै घरको आँगनमा शवको बाकस पुगेपछि अहिले रुपन्देहीको ढेकावार २ केरवानी चौराह चोक पूरै शोकमा डुबेको छ । उनको शव मंगलवार राती घर पुर्‍याइएको हो ।पर्यटक भिसामा युएई आएका रुपन्देही केरवानीका दिपेश सुनारको यहाँ आएको ४ दिनमै ज्यान गएको थियो । गएको भदौ १० गते शुक्रबार विहान हृदयघातका कारण सुनारको ज्यान गएको हो ।
कामका लागि यसअघि उनि झण्डै दुई वर्ष रसिया बसेर फर्किएका थिए । चार महिना अघि बुवाको निधन भएपछि नेपाल फर्किए । २४ वर्षिय सुनार बाबुको काजकीरिया सकेर दुबईमै कार्यरत साथी हेम गुरुङको सहयोगमा एक लाख रुपैयाँ खर्च गरेर भिजिट भिसमा गएको भदौ ७ दुवई आएका थिए । आफैंले रोजेको काम गर्ने र परिवारको गर्जो टार्ने सपना यहाँ आएको चार रातमै टुटेको छ । साढे तीन महिनाको गर्भवती श्रीमती, आमा र एक छोरा छोडेर परदेशिएका उनको ज्यान गएसँगै परिवारको विचल्ली भएको छ । कमाएर ल्याउने घरको एउटा छोरा त्यो पनि परदेश गएको चार दिनमा ज्यान गुमाएपछि परिवारको विचल्ली भएको स्थानीय सञ्चारकर्मी यम रानाले जानकारी दिए ।१० दिनमा तीन लाख सहयोग जुटाएर शव नेपाल पठाइयो पर्यटकीय भिसामा रहँदा ज्यान गएकाले शव नेपाल पठाउन अप्ठेरो परेको थियो । युएईमा सहयोग स्वरुप रकम संकलन अभियान चलाइएको थियो । सुनारको शव नेपाल लैजान दलित सञ्जाल र विश्वकर्मा समाज युएईले १० दिन लगाएर आर्थिक सहयोग जुटाएका हुन ।दलित सञ्जालले झण्डै १० हजार दिहराम संकलन गरिसकेको छ । सोही रकम प्रयोग गरेर सुनारको शव नेपाल पठाएको सञ्जालका अध्यक्ष विनोद गोतामे विश्वकर्माले जानकारी दिए । शव नेपाल पठाउन कार्गो खर्चवापत ४२ सय दिहराम र युएईमा कार्यरत दिपेशका काका धनबहादुर सुनारको टिकट खर्च र एयरलाइन्सले शव लैजादा लिने अतिरिक्त खर्च ३ हजार ३ सय ३० दिहराम खर्च भएको उनले बताए । विश्वकर्मा समाज युएईले पनि सुनारको शव नेपाल पठाउन आर्थिक सकंलन गरिरहेको जनाएको छ । हालसम्म समाजले सकंलन गरेको रकम सार्वजनिक भएको छैन । -श्रोत :शब्द/तस्बीर -उज्यालो अनलाईनडटकम्
गर्भवती श्रीमती, आमा र एक छोरा छोडेर परदेशिएका दिपेश सुनारको ४ दिनमै युएई मा गयो ज्यान Reviewed by Google Girl on 1:26:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.