Top Ad unit 728 × 90

News
News

जिबन र जोयाको पुन मिलन गराएको आङ कामि शेर्पाको यो प्रयास सफल ..हेर्नुहोस भिडियोमा जोया जिबन ले आङ्कामी शेर्पा संग गरेको प्रत्यक्ष् बार्ता

काठमाण्डौ,३१ भदौ – चितवनका जीवन थापा मगर र जोयाबीचको पारिवारिक विछोड भएकोले उनीहरुलाई पुनर्मिलन गराउन हजारौ सहयोगीहरु बढ्न थालेका छन् । सानो विवादको कारण देखाईआदर्श गृह नामक संस्थाले जीवनकी श्रीमती जोयालाई जबरजस्त देशनिकाला गरेर अन्यायमा पारेको समाचार सुनेपछि न्युयोर्क निवासी आङकामी शेर्पाले दुबैलाई सम्पर्क गरेर सहयोगको लागि सामाजिक सञ्जालमार्फत आह्वान गरेका थिए ।फोटोहेरा डटकमका फोटोग्राफर शेर्पाले उनले आफ्नो फेसबुक म्यासेजमार्फत जोयालाई भिडियो च्याटमार्फत सोधेका थिए । त्यतिखेर जोयाले रुदै आफनो परिवारसग भेट्न चाहेको भनेर सुनाएका थिए । जोयाको आँखाबाट निस्केको आँशु र भावुक र दुखित स्वर सुनेपछि शेर्पाले तत्कालै पुर्नमिलन गरिदिने वचन दिएका थिए । त्यसपछि उनले जीवनसग पनि बुझेका थिए । जीवनले पनि आफु निर्दोष र गरिबीको कारण अन्यायमा पिसिएको भनेपछि उनले फेसबुकमार्फत सबैतिर सहयोग मागेका थिए ।
त्यसलगत्तै शेर्पाले नेपालमा आफना नातेदारलाई भनेर गृह मन्त्रालयमार्फत चितवन प्रहरी चौकीमा राखेको जीवनको नागरिकता र पासपोर्ट लिनेदेखि उनीहरुलाइ पुनर्मिलनको लागि लागी परेका छन् । उनीहरुकै लागि यतिखेर उनी आर्थिक संकलनमा जुटिरहेका छन् । उनले अहिलेसम्म करिब ५ हजार डलर संकलन गरिसकेको छन् । ‘म आफु पनि सानोमा टुहुरो भएर अन्यायमा परेर दुःख सम्झेर जीवन र जोयाको अन्याय देख्न नसकेर उनीहरुको सहयोगमा जुटेको छु ’ उनले भने, ‘जीवन गरिब भनेर संस्था र प्रशासनले हेपेको सुन्दा निकै दुःख लाग्यो ।’ उनकै पहलमा जीवनले चौकीले जफत गरेको पासपोर्ट र नागरिकता हात पारेका छन् । यतिखेर उनी जहाँ पुगेपनि जीवन र जोयाको सहयोगकै कुरा गर्छन् र सहयोग माग्दै हिडेको देख्दा अभिभावककै भुमिका निभाएको जस्तो लाग्छ । उनले जीवन र जोयाको पुर्नमिलनको बारेमा फेसबुकमार्फत राखेको भिडियो करिब दुई लाखले हेरिसकेको छ भने हजारौले कमेन्ट गरेका छन् । Homeपत्रपत्रिका खबरजीवनजोयाको पुनर्मिलनमा आङकामीको प्रयास मलाई जसले जे भनेपनि म पनि पीडित हुँ म कसैले अन्याय भोगेको देख्न सक्दिनँ,’ उनले भने, ‘श्रीमान श्रीमतीबीच जसको पनि ससानो विवाद भइहाल्छ तर उनीहरुको विवादको फाइदा कसैले लिएर उनीहरुलाई अलग गर्नु पाप हो । म उनीहरुको नेपालमा पुर्नमिलन होस र सुखद जीवन बिताओस भनेर कामना गर्दछु ।’ उनीहरुको पुनर्मिलन लगत्तै संकलित रकम दिने भएको छ । अहिले जीवन थापा मगर र जोयाबीच फिलिपिन्समा भेट भइसकेको छ ।-एभरेष्ट टाइम्सबाट
जिबन र जोयाको पुन मिलन गराएको आङ कामि शेर्पाको यो प्रयास सफल ..हेर्नुहोस भिडियोमा जोया जिबन ले आङ्कामी शेर्पा संग गरेको प्रत्यक्ष् बार्ता Reviewed by Google Girl on 1:40:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.