Top Ad unit 728 × 90

News
News

बम विस्फोट गराउने व्यक्ति चिन्न सहयोग गरेकोमा हरिन्दर बैंस एकाएक चर्चामा आएर हिरो बने

एजेन्सीः न्युयोर्क एवम् न्युजर्सीमा गत साता भएको बम विस्फोटमा अभियुक्त २८ वर्षीय अफगान–अमेरिकी नागरिकलाई पक्राउ गर्न सहयोग पु¥याएका कारण हरिन्दर बैंस एकाएक चर्चामा आएका छन् । अमेरिकी जनतामाझ सोमबारदेखि उनी नायकका रूपमा लोकप्रिय भएका छन् ।
लिन्दनमा बार चलाएर बसेका हरिन्दर बैंसले शक्तिशाली दुईवटा आक्रमणका दोषी अहमद खान रहामीलाई पक्राउ गर्न प्रहरीलाई सहयोग गरेका थिए । आइतबार राति उनले आफ्नो बार बाहिर ढोकामा एकजना व्यक्ति सुतेको देखे । त्यतिखेरै उनी ल्यापटपमा पनि समाचार हेर्दै थिए । सुरुमा उनलाई आफ्नो बारको ढोकामा कोही अमेरिकी जाँड पिएर लडेको होला भन्ने लाग्छ । समाचारमा देखाइएको अभियुक्तसँग ढोकामा लडेका व्यक्तिको अनुहार मिलेपछि उनी झस्किए । केही बेर उनी अकमकिए । तत्काल उनले प्रहरीलाई खबर गरे । अमेरिकी प्रहरी घटनास्थल आइपुग्यो । घटनास्थलमा एक्कासि प्रहरी आइपुगेपछि रहामी अत्तालिए । आफूलाई नियन्त्रणमा दिन आएका प्रहरीलाई उनले गोली प्रहार गर्न सुरु गरे । उनको एक प्रहरी अधिकारीको छातीमा गोली लागेको छ । प्रहरी अधिकारी घाइते भएपछि रहामी भाग्न खोजे । प्रहरी उनलाई पछ्याउँदै गयो । उनले फेरि प्रहरीको कारमा गोली प्रहार गरे । केही बेर दोहोरो गोली हानाहान भयो । प्रहरीको गोलीबाट रहामी घाइते भए । गोली लागेपछि रहामी भाग्न सकेनन् । उनलाई प्रहरीले पक्राउ गरेर अप्रेसन गर्न अस्पताल पु¥यायो । सुरुमा उनले असहयोग गरे पनि पछि आफ्नो गल्ती स्वीकार गरेको बताइएको छ । हरिन्दर भन्छन्, ‘म एक सर्वसाधारण नागरिक हुँ । मैले त्यस्तो विशेष केही गरेको छैन । एक असल नागरिकले गर्नुपर्ने कर्तव्य पूरा गरेको हुँ ।’ उनले यसको श्रेय आफूलाई नदिन आग्रह गरेका छन् । आफूले नागरिकको जिम्मेवारी पूरा गरेको मात्र उनको भनाइ छ । यसको जस प्रहरीलाई दिनुपर्ने हरिन्दर बताउँछन् । उनी भन्छन्, ‘वास्तविक नायक त प्रहरी हुन् । कानुनको रक्षा गर्ने व्यक्ति नायक हुन् ।’ बैंसले आफूले संविधानको रक्षा गरेको भन्दै आफू सामान्य व्यक्ति भएको प्रतिक्रिया दिँदै आएका छन् । अमेरिकास्थित नेसनल सिख क्याम्पियनले बैंसको प्रशंसा गर्दै उनको कदर गर्ने बताएको छ । न्युयोर्क विस्फोटमा २९ जना घाइते भएका थिए । प्रहरीले उक्त विस्फोटमा आतंकको प्रत्यक्ष सहभागिता नरहेको बताउँदै आएको थियो । न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभा सुरु हुनुभन्दा केही घण्टाअघि मात्रै यस्तो शक्तिशाली आक्रमण भएको थियो ।
बम विस्फोट गराउने व्यक्ति चिन्न सहयोग गरेकोमा हरिन्दर बैंस एकाएक चर्चामा आएर हिरो बने Reviewed by Google Girl on 2:08:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.