Top Ad unit 728 × 90

News
News

पन्ध्र हजार घुससहित नापी अधिकृत गंगा प्रसाद साह पक्राउ

३१ भदौ, बुटवल । नगद पन्ध्र हजार घुससहित नापी कार्यालय भैरहवामा कार्यरत नापी अधिकृत गंगा प्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।आरोपी साहले सिद्धार्थनगर नगरपालिकाको कित्ता नंम्बर ३४०८ को दश धुर क्षेत्रफलको जग्गा र घरको हाल साविक गर्ने काम गरिदिन घुस मागेका थिए । साहले सेवाग्राहीसँग घुस मागेको भन्दै अख्तियार बुुटवल कार्यालयमा उजुरी परेपछि अधिकृत साहलाई रंगेहात पक्राउ गरेको हो । सूचनाका आधारमा उनलाइ आयोगको बुटवल स्थित कार्यलयबाट खटिएको टोलीले सिद्धार्थनगर नगर नगरपालिका ३, सिद्धार्थ गौतम कोलोनी स्थित सेवाग्राहीको घरबाट घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियार कार्यालय बुटवलले जनाएको छ । उनीबारे थप अनुसन्धान भैरहेको अख्तियार पश्चिमाञ्चल कार्यालय बुटवलले जनाएको छ ।
पन्ध्र हजार घुससहित नापी अधिकृत गंगा प्रसाद साह पक्राउ Reviewed by Google Girl on 10:54:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.