Top Ad unit 728 × 90

News
News

अजित मिजारको रहस्यमय मृत्यु,प्रहरीले पैसा खाएर पोष्टमार्टमको गलत रिपोर्ट बनाउने गरेको खुलासा .

३१ भदौ, काठमाडौं । प्रहरीले हत्याका घटनामा आर्थिक प्रलोभनमा परेर पोष्टमार्टमको गलत रिपोर्ट बनाउने गरेको संसदीय समितिको अनुसन्धानबाट खुलेको छ । व्यवस्थापिका संसद्को सामाजिक न्याय तथा मानवअधिकार समिति अन्र्तगतको उपसमितिले काभ्रेको पाँचखालका अजित मिजारको रहस्यमय मृत्युका सम्बन्धमा अध्ययनका क्रममा आर्थिक प्रलोभनमा परेर प्रहरीले पोष्टमार्टमको गलत रिपोर्ट बनाउने गरेको खुलेको हो । काभ्रेको ज्याम्दीकी पराजुली थरकी १७ वर्षीया युवतीसँग प्रेम विवाह गरेका पाँचखालका १८ बर्षीय अजित गत असार २९ गते घरबाट हराएकामा असार ३० गते धादिङको गजुरी खोलामा उनको शव फेला परेको थियो । उपसमितिकी संयोजक कमला दोङले समितिको शुक्रबारको बैठकमा गजुरी प्रहरी र गजुरी स्वास्थ्य चौकीले युवतीको परिवारको प्रलोभनमा परेर शव नै नचिरी अजितले आत्महत्या गरेको भनेर पोष्टमार्टमको झुटो रिपोर्ट बनाएको प्रमाण फेला परेको बताइन् । उपसमितिका सदस्यहरुले अजितको हत्याका सम्बन्धमा छानविनका क्रममा धादिङ र काभ्रेका प्रहरीले असहयोग गरेको समेत बताएका छन् । उपसमितिका सदस्य खड्गबहादुर बस्यालले प्राप्त प्रमाणहरुबाट अजितको हत्या भएको देखिएको र यस सम्बन्धमा काभ्रेको पाँचखालका प्रहरीसँग केरकार गर्दा पुलिसका असइ जवाफ दिन नसकेर असिनपसिन भइ कामेको बताए । अजित मिजारले पराजुली थरकी १७ वर्षीया युवतीसँग प्रेम विवाह गरेकामा युवतीको परिवारको आग्रहमा पाँचखाल प्रहरी चौकीका असइले विवाह गर्न उमेर नपुगेको भन्दै युवतीलाई पोते फुकाल्न लगाइ अजितबाट छुटाएको समेत उपसमितिका सदस्यहरुले बताएका छन् । पाँच सदस्यीय उपसमितिले प्रतिवेदन भने तयार पार्न बाँकी छ ।
अजित मिजारको रहस्यमय मृत्यु,प्रहरीले पैसा खाएर पोष्टमार्टमको गलत रिपोर्ट बनाउने गरेको खुलासा . Reviewed by Google Girl on 10:51:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.