चन्द्रमामा पुगेर मानव पाइला राख्ने यात्री ""बज एड्रिन"" नेपाल आईपुगे
विराटनगरः निल आर्मस्ट्रङसँगै चन्द्रमामा पुगेर मानव पाइला राख्ने अर्का यात्री बज एड्रिन नेपाल आईपुगेका छन् । सोमबार राति उनी काठमाडौं झरेका हुन् ।
पहिलो अन्तरिक्षयान एपोलो ११ मार्फत उनी पनि चन्द्रमामा पुगेका थिए । अन्तरिक्ष दलका प्रमुख निल आर्मस्ट्रङले चन्द्र सतहमा ६ घन्टा बिताएपछि मात्र एड्रिन चन्द्र धरातल टेकेका थिए ।
सुनसरीको सितागञ्जस्थित शान्तिवनस्थित एभरेस्ट साइन्स सेन्टरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन चन्द्रयात्री एड्रिन नेपाल आएका हुन् । उनले यहाँ आएर नेपालीलाई आफ्नो चन्द्रमा अनुभव सुनाउने छन् । उनी मंगलबार विराटनगर आउँदै छन् । शान्तिवनमा चन्द्रयात्रीको स्वागतका लागि सबै तयारी पूरा भएको छ । एभरेष्ट साइन्स सेन्टरका अध्यक्ष दिलिप अधिकारीले भने,'नेपालमा रहँदा उहाँले लुम्बिनी भ्रमण गरी माउन्टेन फ्लाइटबाट नेपालका हिमालयलय दृश्य पनि अवलोकन गर्नुहुनेछ ।' चन्द्रमाको धर्तीमा पुग्दाको अनुभव सुन्न मंगलबार ठूलो संख्यामा विद्यार्थीहरु शान्तिवन पुग्दैछन् । एल्ड्रिनले मंगलग्रहमा बस्ती बसाउन सकिने योजनाबारे पनि आफ्नो योजनाबारे प्रस्ट पार्ने छन् । नासाले पनि यस विषयमा निकै खोज अनुसन्धान गरिरहेको छ । एभरेष्ट साइन्स सेन्टकार अध्यक्ष दिलिप अधिकारीले भने,'चन्द्रयात्रीलाई ल्याएर उनका अनुभव प्रत्यक्ष सुनाउनु नै हाम्रो प्रयास हो ।' चन्द्रयात्रीलाई ल्याउन सेन्टरले निकै ठूलो रकम खर्च गरेको छ । हवाई भाडा, चन्द्रयात्रीको परिश्रमिक र अन्यसमेत गरेर ५० लाख रुपैयाँभन्दा धेरै खर्च हुने अधिकारीले बताए । यसअघि साइन्स सेन्टरले चन्द्रमाको पत्थर ल्याएर प्रदर्शनीमा राखेको थियो ।

Reviewed by Google Girl
on
10:00:00 PM
Rating:
No comments: