Top Ad unit 728 × 90

News
News

बस र इन्धन बोकेको ट्यांकर ठोक्किँदा ३६ जनाको मृत्यु

१९ भदौ, अफगानिस्तान । अफगानिस्तानको जाबुल प्रान्तमा आइतबार बिहान बस र इन्धन बोकेको ट्यांकर ठोक्किँदा ३६ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २८ जना घाइते भएका छन् । दुर्घटनाका कारण आगो लागेको र महिला तथा बालबालिकासहित धेरै व्यक्तिको शरीर नचिनिने गरी जलेको जाबुल प्रान्तका प्रशासक बिस्मिल्लाह अफगानमलले जानकारी दिएका छन् । कान्दाहारबाट काबुलतर्फ गइरहेको अवस्थामा यात्रु बस इन्धन ट्यांकरसँग ठोक्किएका थिए । जाबुलका प्रहरी उपप्रमुख गुलाम जिलानी फराहीका अनुसार घाइतेहरुलाई प्रान्तीय केन्द्र कलात र छिमेकी कान्दाहार प्रान्तका अस्पतालमा उपचारका लागि लगिएको छ ।
बस र इन्धन बोकेको ट्यांकर ठोक्किँदा ३६ जनाको मृत्यु Reviewed by Google Girl on 9:34:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.