Top Ad unit 728 × 90

News
News

भेट्टाएको एक लाख रुपैयाँ फिर्ता .हराएको ३ घण्टा भित्र फेसबुक को माध्यम बाट रकम हराउने व्यक्ति फेला पर्यो

२७ भदौ, झापा । तपाईंले एक लाख रुपैयाँ भेट्टाउनु भयो भने के गर्नु हुन्छ ? एकछिन कल्पना गर्नु होस् त ! सायद साथीभाइलाई जम्मा गरेर पार्टी दिने या मोबाइल खरिद गर्ने योजना बनाउनुहुन्छ होला ।अथवा, अन्य कुनै विलासिताको सरसामान किन्ने कुरा तपाईंको योजनामा पर्न सक्छ । तर, झापाका एक व्यक्तिले आफूले भेट्टाएको एक लाख रुपैयाँ फिर्ता दिएर उदाहरणीय काम गरेका छन् । कनकाई उद्योग वाणिज्य संघका सदस्य पुण्य सिटौलाले आइतबार आफूले भेटेको एक लाख रुपैयाँ फिर्ता दिएका हुन् । विर्तामोडस्थित गणपति मनी ट्रान्सफरका सञ्चालक नगेन्द्र ओलीले हराएको रकम ३ घण्टाको अवधिमै प्राप्त गरेको अनलाईनमा खबर छ । कहाँ भेटियो पैसा ? सिटौलाका एकजना आफन्त मोटरसाइकल दुर्घटनामा परे । विरामीलाई प्रधान मेडिसिन सेन्टर, सुरुङ्गामा पुर्‍याइयो । घटनाका बारेमा थाहा पाउने वित्तिकै सिटौला पनि त्यहाँ पुगेे । बाहिर रहेको विरामी ‘कुरुवा’ स्थलमा उनी बसे । दुई व्यक्ति पनि थिए त्यहीँ । ‘म आफ्नै सुरमा थिएँ’, सिटौलाले सुनाए, ‘वास्तै गरिनँ ।’ करिब ५/१० मिनेटपछि उनीहरु निस्किए । आफन्त दुर्घटनामा परेपछि चिन्तामा रहेका उनको ध्यान एक्कासी एक बच्चातिर गयो । आफू बसेको कुर्सीदेखि अलि पर थिए, ती ५ वर्षीय बालक । पैसाको एउटा ‘मुठा’ खेलाउँदै थिए । छक्क परे सिटौला । र, बच्चाको छेऊमा गए ।
तर, बच्चा त्यो पैसालाई छाडेर दगुरे । ‘अनि पो म त झसङ्ग भएँ’, उनले अनलाइखबरसँगको कुराकानीमा भने, ‘अगाडि त्यहाँ रहेका दुई व्यक्तिलाई सम्झिएँ ।’ ‘विरामी हेर्न आएको, पैसा पो लिएर जाने भएँ !’, कोही त्यो पैसाको दावी गर्दै आउँछन् कि भन्ने सोचेर उनले साह्रो स्वरमा भने । तर, अहँ ! कसैले त्यो पैसाको दाबी गरेन । वरपर रहेका एकाध मान्छेलाई सोधे पनि । अनि उनीहरुलाई भनिदिए, ‘कोही खोज्दै आयो भने इलाका प्रहरी कार्यालय जानु रे भन्दिनु !’ प्रहरीलाई जिम्मा लगाइयो क्लिनिकबाट निस्किए लगत्तै उनी हिँडे इलाका प्रहरी कार्यालय, सुरुङ्गातिर । त्यहाँ उनले भेटे इप्रका, सुरुङ्गाका प्रमुख जितेन्द्र थापालाई । ‘एउटा मान्छे पैसा भेट्टाएँ भन्दै प्रहरीकहाँ बिटो बोकेर आउँदा सुरुमा त पत्याउनै गाह्रो भयो’, थापाले भने, ‘आजभोलि पनि सिटौलाजी जस्ता उदाहरणीय व्यक्तित्व हाम्रै समाजमा पाइयो ।’ उनले प्रहरीलाई त्यो रकम बुझाए । कागज गरे । र, प्रहरीलाई भने, ‘यो पैसाको दावी गर्दै जो आउनुहुन्छ, उहाँलाई म भएको समयमा मात्र दिनुहोला ।’ वास्तवमा सिटौलालाई त्यो पैसा गलत मान्छेको हातमा पर्छ कि भन्ने डर रहेछ । फेसबुकले भेट्टायो पैसा धनीलाई सिटौलाले शनिबार दिउँसो ३ बजे पैसा भेट्टाए । भेट्टाउने वित्तिकै ‘विटो’ को तस्वीर लिए । प्रहरीलाई जिम्मा लगाइसकेपछि घर आए । ४ बजिसकेको थियो । फेसबुकमा ‘अपलोड’ गरिहाले । धमाधम शेयर हुन थाल्यो । ‘लाइक’ र ‘कमेन्ट’ को वर्षा नै हुन थाल्यो । केहीवेरमै त्यो कुरा पैसा धनी समक्ष पुग्यो । र, उनले ३ घण्टा नबित्दै आफ्नो पैसा फिर्ता पाए । फेेसबुकमा सिटौलालाई धन्यवाद दिनेको ओइरो लाग्यो । उनले समाजको लागि उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरिरहेका छन् अहिले फेसबुकका साथीहरु । ‘आशै मारिसकेको थिएँ’ विर्तामोडमा मनी ट्रान्सफरको व्यवसाय गर्दै आएका छन् ओलीले । उनको बाँझो-९, इलाममा मोबाइल पसल पनि छ । तर, गाउँमा भएकाले त्यहीँबाट ‘मनी ट्रान्सफर’ को काम पनि गरिन्छ । इलामको दक्षिणी गाउँ हो त्यो । दमकबाट ५ घन्टा पैदल हिँडेपछि पुगिन्छ त्यहाँ । ओलीले त्यहाँका एक व्यवसायी झापामा आएको वेला ३ लाख रुपैयाँ गाउँमा लगिदिन भनेका रहेछन् । तिनको नाम थियो-जसहाङ लिम्बु । बिर्तामोडबाट पैसा लिएर दिउँसो दुवै निस्किए । दमक हिडेका थिए, ती दुई । सुरुङ्गामा पैसा गन्ने कुरा भयो । ‘बाहिर पैसा गन्नु सुरक्षित लागेन’, ओलीले भने, ‘त्यहीँ भएर हामी क्लिनिकमा छिरेका थियौं, त्यहाँ एकजना हाम्रो साथी पनि हुनुहुन्थ्यो ।’
त्यहाँ उनीहरुले पैसा गने । ओलीले लिम्बुलाई ५० हजार पनि दिनु रहेछ । उनले त्यही उनलाई ५० हजार थमाए । तर, निस्किने वेलामा १ लाख रुपैयाँको ‘विटो’ चाहिँ त्यहीँ छाडेछन्, लिम्बुले । दमक पुगेपछि उनले पैसा हेरे । २ लाख ५० हजार मात्र थियो । छक् परे । मुर्छित नै भए । ‘मलाई त आकाश नै खसेझैँ लागेको थियो’, लिम्बुले सुनाए, ‘त्यसपछि भौतारिँदै म कताकता निस्किएको थिएँ, त्यतातिर जान थालेँ ।’ धेरैतिर उनी पुगे । तर, केही अत्तोपत्तो लागेन । उनले आशै मारिसकेका थिए । ओलीलाई फोन गरेर वेली विस्तार लगाए । ओलीले ऋण गरेर त्यो पैसा दिएका रहेछन् । गाउँका सामान्य व्यापारी लिम्बुसँग पनि तिर्ने पैसा थिएन । ‘के गर्ने..गर्ने, मैले केही सोच्नै सकेको थिइन’, उनले भने, ‘ऋण लिएर पैसा तिर्ने सोचमा पुगे । र, साथीभाइलाई सम्पर्क गर्दै थिएँ ।’ भौतारिंदै हिँड्दा उनी दमकमा रहेका एकजना साथीको घरमा पुगे । त्यहाँ आफ्नो दुखद् कथा फेरि सुनाए । ती साथी सुरुङ्गाका सिटौलासँग फेसबुकमा ‘एड’ रहेछन् । उनले सिटौलाको पोष्ट देखेका थिए । र, ढुक्क हुन आग्रह गरे । उनले फेसबुक खोलेर लिम्बुलाई त्यो पोष्ट पनि देखाइदिए । त्यसपछि उनी अलि शान्त भए । लगत्तै दगुरेर सुरुङ्गा आइपुगे । इप्रकामा औपचारिक हस्तान्तरण सिटौलाको घरैमा आइपुगेका लिम्बुलाई धेरै प्रश्नहरु सोधियो । ‘उनले सबैको प्रश्नको जवाफ दिए’, सिटौलाले भने, ‘लिम्बुले विर्तामोडबाट साथीको पैसा लगिदिएको थिएँ भनेर सुनाए । त्यसपछि साथीलाई पनि बोलाउन लगाएँ ।’ साथी आइपुगुञ्जेलमा ६ बजिसकेको थियो । साथीसँग पनि धेरै प्रश्न सोधियो । प्रहरीले पनि सोध्यो । र, सबै विवरण मेल खाएपछि उनलाई साँझ त्यो रकम हस्तान्तरण गरियो ।
भेट्टाएको एक लाख रुपैयाँ फिर्ता .हराएको ३ घण्टा भित्र फेसबुक को माध्यम बाट रकम हराउने व्यक्ति फेला पर्यो Reviewed by Google Girl on 8:57:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.