Top Ad unit 728 × 90

News
News

जापानमा गयो ६.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

पूर्वी जापानको तटीय सहरमा शुक्रबार एक शक्तिशाली भूकम्प गएको छ ।सो भूकम्प ६.४ म्याग्निच्यूडको मापन गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस)ले जानकारी दिएको छ ।
स्थानीय समयाअनुसार शुक्रबार बिहान ९ः१४ गएको यस भूकम्पको हालसम्म मानवीय र सम्पत्ति क्षतिको कुनै विवरण प्राप्त नभएको सो संस्थाले जानकारी दिएको छ । सो भूकम्पको केन्द्रबिन्दू कात्सुउराबाट सहर १५० किलोमिटर टाढा आसपासकै इलाकामा रहेको बताइएको छ । जापानको मौसमविज्ञान विभागकाअनुसार भने यो भूकम्प ६.५ म्याग्निच्यूडको मापन गरिएको छ । जापानको उत्तरपूर्वी तटीय क्षेत्रमा सन् २०११ को मार्च आएको ९.० म्याग्निच्यूडको शक्तिशाली भूकम्पपछिको सुनामीमा परी कम्तीमा १८ हजार व्यक्तिको मृत्यु भएको थियो । गत अप्रिलमा दक्षिण जापानी सहर कुमामोतो प्रान्तमा आएको दुई शक्तिशाली भूकम्पमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको थियो । यस भूकम्पपछि एक हजार सात सयपटक पराकम्पनहरु महसुस गरिएको जापानी सन्चारमाध्यमले बताएको थियो ।
जापानमा गयो ६.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प Reviewed by Google Girl on 8:02:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.