३४ तोला अवैध सुनसहित भारतीय नागरिक पक्राउ
२३ भदौ, भैरहवा । रुपन्देहीको सीमानाका बेलहियामा (भैरहवा) सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म (डण्डा) ले अवैध सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उत्तर प्रदेश राज्य महाराजगञ्ज जिल्ला करमहवाबुजुर्ग १ का ४१ बर्षीय उपेन्द्र मिश्र रहेका छन् ।
सशस्त्र प्रहरी नायब निरीक्षक नारायण प्रसाद ढकालको कमाण्डमा सीमानामा खटिएको टोलीले मिश्रलाई अवैध सुनसहित पक्राउ गरेको हो । भारतबाट अवैध रुपमा लुकाइछिपाई करिब ३४ तोला सुन नेपालमा भित्र्याउँदै गरेको अवस्थामा मिश्रलाई सीमानाकाबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) शंकर खनालले अनलाइनखबरलाई बताए । पक्राउ परेका मिश्रले आफुले उक्त सुन भैरहवामा अपरिचित व्यक्तिलाई दिनका लागि भारतबाट अवैध रुपमा ल्याएको प्रराम्भिक बयान दिएको डिएसपी खनालले बताए । उनले भने, ‘मिश्रले उक्त सुन लिएर भैरहवामा पुगेपछि उनलाई कुनै व्यक्तिले फोन गर्ने र सोही व्यक्तिको फोनको आधारमा उनले सुन दिने सहमति भएको प्रराम्भिक अनुसान्धान खुलेको छ ।’ उनका अनुसार बरामद सुन २० लाख रुपैयाँ भन्दा बढी मुल्य बराबरको रहेको छ । र, बरामद सुन २० गोटा कंगन (बाला) आकारमा छ । बरामद सुन र पक्राउ गरिएको व्यक्तिलाई भन्सार ऐन २०६४ को दफा ५७ बमोजिम चोरी निकासी/पैठारी अभियोगमा आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको डिएसपी खनालले जानकारी दिए ।

Reviewed by Google Girl
on
11:15:00 AM
Rating:
No comments: