Top Ad unit 728 × 90

News
News

८ का सन्दीप सुनार भन्छन :-मध्यरातमा पिसाब फेर्न निस्केपछि म पहिरो बाट बचे

कास्कीः एउटै कोठामा सुतेका सानिमाहरु, मामा र सानिमाका छोरालाई पहिरोले पुर्यो । उनी भने बाँचे । मध्यरातमा पिसाब फेर्न निस्केपछि उनले विस्तारा र कोठा पनि फेरेका थिए, त्यही कारण उनको ज्यान बाँच्यो । अरु चारजना सुतिरहेकै ठाउँमा पुरिँदा कहिल्यै नब्युँझने गरी चिरनिद्रामा परे । कास्कीको लेखनाथमा बुधबार रातिको पहिरोबाट बाँचेका ८ वर्षीय बालक सन्दीप सुनार पहिरोस्थलमा पुग्दा बिहान आफ्ना सानीमा, मामा र भाइ पुरिएको ठाउँ नियालिरहेका थिए । ‘म पनि त्यही ममीसँग सुतेको थिएँ’, उनले पहिरोले पुरिएको कोठा देखाउँदै भने । राति पिसाब लागेर बाहिर निस्केपछि आमा (हजुरआमा) भएको भान्छाकोठामा सुत्न गएकाले बाँचेको उनले सुुनाए ।
भारी वर्षापछि खरानेफाँट छेवैको पैते बस्तीकी चन्द्रकला विकको घरपछाडिको ढिस्को खस्दा उनका २ छोरी र २ नातिको ज्यान गयो । नाति सन्दीप भने बाँचे । सन्दीपकी आमा कविता र सानिमा १० वर्षे सविना घाइते भइन् । ब्लकले बनेको घरको गारो पछाडिपट्टिबाट खसेको ढिस्कोले भत्काएर भित्र सुतिरहेकालाई पुरेको थियो । भित्तापट्टि सुतेका हुनाले चन्द्रकलाका दुई छोरी रजिना (९) र अन्जिला (७), नाति निशान (१४)र सलमान (३) पुरिए । छेउपट्टि कविता र उनका छोरा सन्दीप थिए । राति ११ बजे खसेको ढिस्कोका ढुंगामाटाले टाउकोमा चोट लाग्नासाथै कविता बाहिर निस्किएर बाँच्न सफल भइन् ।
सन्दीप भने त्यसअघि नै पिसाब फेर्न चर्पी गएपछि अर्काे कोठामा सुतिरहेकी हजुरआमासँग गएका थिए । कविता र सविनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । ‘एक्कासि के भो के भो गुरर गर्‍यो । हजुरआमा (चन्द्रकली विक)लाई के भएको हो आमा भनेपछि उनले बत्ती बाल्दा कोठामा ढुंगामाटोको थुप्रो लागिसकेको थियो’, सन्दीपले सुनाए । छोरी, छोरा र नातिहरु बितेपछि चन्द्रकली विक्षिप्त बनेकी छन् । छोरीको छोरा सलमान तामाङ हजुरआमासँग जान्छु भनी बुधबारमात्रै पछि लागेर आएका थिए । बिहीबार उनी सबैभन्दा बढी उही नाति सम्झेर धर्किरहेकी थिइन् ।
भक्कानिएकी हजुरआमा चन्द्रकलीलाई आमा नरुनोस् भन्दै पनि सन्दीपै थिए । कास्कीको दाङसिङ घर भएका सन्दीप मामा घरमा बसेर पढ्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी गजुसिद्धि बज्रचार्यका अनुसार ढिस्कोले चन्द्रकली विकको घर पुरेको खबर आउनासाथ उद्धारका लागि प्रहरी पुगेको थियो । घरमा ९ जना सुतेका थिए । भान्छा कोठामा सुतेकी चन्द्रकली, नाति सन्दीप सुनार र एक छोरी निशा भने सकुशल छन् । पहिरोले भान्छा कोठामा समेत असर गरे पनि उनीहरु बाँच्न सफल भएका हुन् । पहिरो गएलगत्तै भान्छा कोठामा थुनिएका उनीहरुलाई स्थानीयले झ्याल फोडी उद्धार गरेका थिए । पुरिएकाहरुको स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगेको स्थानीय खुसीमाया नेपालीले जानकारी दिइन् । बिजुली समेत निभेको रातको समयमा बच्चाहरु निदाएको बेलामा पुरिएको हुँदा अभिभावकले बच्चालाई उद्धार गर्न समेत नभ्याएको स्थानीयले बताए ।
भारी वर्षापछि राति करिब दस बजेसम्म स्थानीयले बस्तीमा आएको भलपानी कटाउने काम गरेको स्थानीय सानु सार्कीले बताइन् । १७ गते परेको भीषण वर्षाले त्यहाँका केही घरमा क्षती पु¥याएकाले गाउँले सचेत हँुदाहुँदै यस्तो घट्ना घटेकोमा उनी दुखी छन् । पहिरोले खरानी फाँटका १३ घरमा क्षति पुगेको स्थानीयले बताएका छन् । यसैगरी, बुधबार राति परेको भीषण वर्षाले कास्की जिल्लाको कालिका गाविस ६ सुनपा देवी मा गएको पहिरोले दुई तले पक्की घर भत्कँदा घर धनी ५७ वर्षीय बोधराज तिमिल्सिना र उनकी श्रीमती वर्ष ४५ की भीमादेवी तिमिल्सिना घाइते भएका छन् । प्रहरीले उद्धार गरी उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ । पहिरोमा परी तिमिल्सिनाका दुई भैंसी मरेको र एउटा स्कुटर पुरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी बज्राचार्यले जानकारी दिए । पोखराको अर्मलामा गएको पहिरोले स्थानीय देउबहादुर नेपालीको घर भत्कँदा उनि घाइते भएका छन् । ६२ वर्षीय नेपालीको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ ।
८ का सन्दीप सुनार भन्छन :-मध्यरातमा पिसाब फेर्न निस्केपछि म पहिरो बाट बचे Reviewed by Google Girl on 10:46:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.