Top Ad unit 728 × 90

News
News

गायक प्रमोद खरेलको सुटकेस काठमाडौँ बिमानस्थलमा यसरी २ पटक फुटाएपछि विमानस्थल को सुरक्षामा गम्भीर प्रश्न

गायक प्रमोद खरेलले आफ्नो सुटकेस त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अज्ञात व्यक्तिले फुटाएको बताएका छन् । कोरियाबाट सांगीतिक कार्यक्रम सकेर नेपाल फर्किने क्रममा सुटकेसको ताला तोडिएको उनले बताएका छन् ।
१० दिन अगाडी पनि उनकै अर्को सुटकेस त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा फुटाइएको थियो । लुगाफाटा भन्दा बाहेक अन्य बहुमुल्य सामग्री नभएकोले ताला फुटाएपनि सामान भने केहि झिकिएको छैन उनले फेसबुकमा फुटाइएका सुटकेसका फोटो सेयर गर्दै लेखेका छन् ।
 एउटा टडकारो प्रश्न !
यो मेरो सुटकेश हो । गत हप्ता अमेरिका बाट फर्कदा त्रिभुवन अ. विमानस्थलबाट रिसीभ गर्दा नम्वर सिस्टम को लक तोडिएको पाइयो। त्यसको ठिक १० दिन पछि कोरिया बाट फर्कने क्रममा हिजो लगाएको ताला नै निकालिएको थियो । सामान्य कपडा मात्र राखिएको सुटकेश बाट दुवै चोटि कुनै पनि सामान भने झिकीएको छैन शायद मूल्यवान सामान नभएर होला । दुवै चोटि airport बाहिर निस्केपछि मात्र ताला फेरिएको देखेकोले उजुरी गर्न पनि अप्ठेरो भयो। तर ताला कहॉ , किन , कसरी र कसले फोरेको होला ?? थकित अवस्थामा फर्किएको म जस्ता यात्रु, अझ भनौ विमानस्थल वारे कमै थाहा हुने यात्रु, वर्षों विदेशमा काम गरेर फर्कने नेपाली वा नेपाल आउने पर्यटक ले भोग्नु पर्ने यस्ता घिन लाग्दा हर्कतको अन्तय कसरी होला ??? विमानस्थलको सुरक्षा मा गम्भीर प्रश्न र प्रश्न उठाउनु हाम्रो अधिकार हो, किनकी विमानस्थल हामी सवैको हो र हाम्रो गौरव पनि ।
गायक प्रमोद खरेलको सुटकेस काठमाडौँ बिमानस्थलमा यसरी २ पटक फुटाएपछि विमानस्थल को सुरक्षामा गम्भीर प्रश्न Reviewed by Google Girl on 1:13:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.