Top Ad unit 728 × 90

News
News

७ महिनाको बच्चालार्इ इनारमा फालेर आमा पार्वती न्यौपाने बेपत्ता

रत्ननगर: चितवनको खैरहनी नगरपालिकाको कुमरोजमा इनारभित्र सात महिनाको बच्चा मृत अवस्थामा फेला परेको छ। आमाले नै सात महिनाको बच्चा प्रजिना न्यौपानेलाई इनारमा फालेको जानकारी आएको स्थानीयलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। स्थानीय रामशरण न्यौपानेकी ३६ वर्षीया श्रीमती पार्वती न्यौपानेले आइतबार सात महिनाको बच्चा प्रजिनालाई फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ। उनका श्रीमान् रामशरणले बिहान बच्चा लिएर निस्किएको र त्यसपछि सम्पर्कमा नआएपछि खोजतलास गरी पाउँ भनी प्रहरीमा निवेदन दिएका थिए। सोही निवेदनका आधारमा खोजी गर्दा कुमरोजस्थित इनारमा बच्चा मृत फेला परे पनि आमा भने बेपत्ता रहेको प्रहरीले जनाएको छ। उनको खोजी जारी छ। उनको मानसिक अवस्था पनि केही कमजोर रहेको बुझिन आएको प्रहरीले जनाएको छ। यद्यपि घटनाको अनुसन्धान भइरहेको जनाइएको छ।
७ महिनाको बच्चालार्इ इनारमा फालेर आमा पार्वती न्यौपाने बेपत्ता Reviewed by Google Girl on 1:33:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.