Top Ad unit 728 × 90

News
News

राजधानीका विभिन्न विद्यालयमा आज विहानै बम फेला, दुई पक्राउ

४ असोज, काठमाडौं । राजधानीका विभिन्न विद्यालयमा मंगलबार विहान बम फेला परेको छ । बौद्धको आकाशद्धिप बोर्डिङ स्कुल र मनकामना उच्च माबिमा बम बिष्फोट भएको बौद्ध प्रहरीले जनाएको छ । विष्फोटमा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
वम विस्फोटले आकाशद्धिप स्कुलको गेटमा क्षति पुगेको छ । विष्फटमा संलग्न भएको आशंकामा दुई जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख विक्रमसिंह थापाले जानकारी दिए ।बम राखिएको स्थानमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी केन्द्रको पर्चा भेटिएको प्रहरीले जनाएको छ । राजधानीको बौद्धस्थित राई स्कुल, इस्टपोल स्कुलमा शंकाष्पद बस्तु फेला परेहकोे छ । त्यस्तै ललितपुरको रेडियन्ट स्कुलमा प्रेसरकुकर बम भेटिएको प्रहरीले जनाएको छ ।शंdallu_bumb2स्कास्पद बस्तु रहेका विद्यालयमा सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय बनाउने प्रयास गरिरहेको छ । बम विस्फोट बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विष्फोट भएको स्थानमा फेला परेका पर्चामा नीजि विद्यालयहरुले आफ्ना मागहरु सम्बोधन नगरेको उल्लेख गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपालको संयुक्त अपिल नामक पर्चामा वार्षीक २ लाख ४० हजार भन्दा कम आय भएका नागरिकका बालबालिकालाई निजी विद्यालयमा निशुल्क पढाउन , नीजि विद्यालयले सरकारी पाठ्यपुस्तक अनुसार अध्ययन अध्यापन गराउनुपर्ने, विद्यालयले तोकेको स्थानबाट मात्र ड्रेस पुस्तक लगायत सामाग्री ल्याउने पर्ने अवस्था अन्त्यगर्न माग गरेको छ |तस्वीरः प्रतिक्षा शर्मा/नवराज न्यौपाने
राजधानीका विभिन्न विद्यालयमा आज विहानै बम फेला, दुई पक्राउ Reviewed by Google Girl on 9:23:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.