Top Ad unit 728 × 90

News
News

ढुंगा खस्दा घर भत्किएर घरभित्र सुतिरहेका चारैजनाको मृत्यु

३ असोज, बुर्तिवाङ । बाग्लुङको बोगादोभान गाविसमा घरमाथिबाट खसेको ढुंगाले च्यापिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।बोगादोभान गाविस वडानम्बर-४ रिक्लाङका ३८ वर्षीया भिमकुमारी रोका, उनकी १४ वर्षीया छोरी इन्द्रकुमारी रोका, १२ वर्षीया छोरा इन्द्रजित रोका र ९ वर्षीया छोरी मायादेवी रोकाको घटनास्थलमै मृत्यु भएको हो । सोमबार बिहान करिब बिहान चार बजे घरमै सुतिरहेका बेला करिब दुई सय मिटर माथीबाट घरमाथि ढुंगा खसेको थियो । ढुंगा खस्दा घर भत्किएको र घरभित्र सुतिरहेका चारैजनाको च्यापिएर मृत्यु भएको प्रहरी नायव उपरीक्षक अनिलकुमार खड्काले जानकारी दिए । शवलाई पोष्टमार्टमका लागि बुर्तिवाङ स्वास्थ्य चौकीमा ल्याउने तयारी भइरहेको छ । घर भत्किँदा ३० वटा कुखुरासमेत मरेका छन् ।
ढुंगा खस्दा घर भत्किएर घरभित्र सुतिरहेका चारैजनाको मृत्यु Reviewed by Google Girl on 9:16:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.