Top Ad unit 728 × 90

News
News

इजरायलबाट शरिनको सन्देश नबिना लामा लाई ....

१. मलाई मेसेन्जरमा कल गरेर समय खेर फाल्नु भन्दा आफ्नो अस्तित्व को लडाइ आफ्नै पार्टी भित्र बसेर लड्नु होस् नबिना बहिनी ।
२. पार्टी अध्यक्षले तपाईंको समुदाय वा आम बुद्धगामी नेपाली जनताहरुको आस्था को प्रतीक खदकलाई बहिष्कार गर्दा टाउको हल्लाएर Yes भन्नु भन्दा खवरदारी गर्ने हिम्मत जुटाउनुस् ।
३. पार्टी अध्यक्षले आम समुदायहरुको आत्मसम्मानमा घात पार्ने खालको निर्णय गर्दा पनि सर्बमान्य हुन्छ भनेर टाउको हल्लाएर चुपचाप भएर बस्नु वा सोच्नु भनेको गुलाम,दास सरह भरिया हुनु नै हो जुन दासत्व को जन्जिर तोडेर देखाउनुस् ।
४. स्वार्थको राजनीति लडेर होइन निस्वार्थताले अगाडि बढ्नुस । समाज र राष्ट्र-राष्ट्रियताको लागि तपाईंलाई साथ दिने लाखौं आम नेपाली जनताहरु हुनेछन् ।
५. पार्टीमा सबैको आ-आफ्नै धारणा ,बिधानहरु हुन्छ तर पार्टीले तपाईंको वा कुनै पनि समुदायहरु प्रति लक्षित गर्दै असर हुने गरि निर्णय गर्दा टाउको हल्लाएर बस्नु भन्दा आफ्नोहरुको अस्तित्व को लागि आवाज दिनुस् तर दासत्व नस्विकार्नुस ।
६. एमाले पार्टी विशेष खडक प्रसाद ओली भनेको आदिवासी ,जनजाति ,मधेसी नेपाली जनताहरुको अस्तित्व स्विकार्न नचाहने एक नम्बरको पहिचान बिरोधि अतिबादी पाखन्डी हुन् जसको झुण्डमा बसेर आदिवासी जनजाति विशेष तामाङ वा ताम्सालिङ पहिचान सहितको अस्तित्व खोज्नु भनेको मरुभूमिमा कलिलो बिरुवा रोप्नु हो जसको शक्ति हुन्जेल बाच्न सक्छ त्यस्पछि सुकेर जान्छ-जानेछ बाकी आफै बुझ्नु होला ।
७. तपाईंको अनुहारलाई मेरो फेसबुक वालमा टास्नु नपरोस, परेमा गर्वका साथ टास्ने दिन आवस भनेर सोच्दा सोच्दै आज तपाईंको दासत्व प्रति दु:खी हुँदै दुई शब्द कोर्न पर्यो ,जसलाई यो शरिनले जातको सोलिले वा महिला वा चेलीबेटी हुन भनेर ढाकछोप गर्न पनि सकिन कारण म बहुजातीय जनताहरुको अस्तित्वका खातिर मर्नेमा परे तपाईं हाम्रैहरुकै अस्तित्व मारेर मेटाएर बाच्ने स्वार्थिमा पर्नु भएको छ ।
८. एमाले पार्टी भनेको जनतामुखी होइन भुँडी भरुवा मुखी अतिबादी,नश्लबादको अखडा हुन भनेर जबसम्म बुझ्नु हुन्न तपाईं जस्ताहरुले तबसम्म ती सब एमाले झुण्ड मुकुन्डो धारी हाम्रो नजरमा ब्राह्मणवाद अतिबादी नै हुनेछ ।
९. तपाईं ताम्सालिङ्ग पबित्र भुमिमा जन्मेर पनि ताम्सालिङ्ग मर्मलाई आत्मसात गर्न सकेको छैन भने म तराईमा जन्मेको मधेसको छोरीले आज ताम्सालिङ्ग भुमिको इतिहास मर्मलाइ नजिकबाट नियालेर बुझ्न नसकेता पनि जातिय अस्तित्वको लडाइँमा होमिएको छु आज सात समुन्द्री पारिको देश बाट भने तपाईं त्यही जन्मी हुर्केर पनि आज त्यही भुमिको अस्तित्वलाई खतरामा पार्दै ब्राह्मण वाद जाली नश्लबादहरु को चाणक्यनितिमा दिनानुदिन धसिएर आफ्नोहरुको अस्तित्व नै मेटाउन मा आतुर हुनुहुन्छ किन ?
 "यत्ति कुराहरूमा चेतना जगाउन सक्नु भयो भने नबिना लामा तामाङको छोरी भनेर हामी चिन्ने छौ होइन भने नबिना लामा एक अतिबादी मुकुन्डोका झुन्ड मात्र हुन भनेर चिन्ने र बुझ्ने छौ हामी सम्पुर्ण पहिचान समर्थक आम नेपाली आदिवासी जनजातिहरुले" ।
इजरायलबाट शरिनको सन्देश नबिना लामा लाई .... Reviewed by Google Girl on 4:45:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.