ओलीको प्रश्न प्रचण्ड लाइ :प्रधानमन्त्री भएको एक महिनामै भारत जानु पर्ने कारण के थियो ?
प्रधानमन्त्री प्रचण्डले बुधबार संसदलाई आफ्नो भारत भ्रमण र त्यसको एजेण्डाबारे जानकारी गराएका थिए । तर, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले विहीवार ललितपुरमा भएको एक कार्यक्रममा भने भारत भ्रमणको एजेण्डाबारे जनतालाई जानकारी नदिएको बताए । उनले भने, ‘किन भारत जाँदै हुनुहुन्छ ? सिंगडा खान ?’ उनले नयाँ सरकार गठन लगतै दुई छिमेकी मुलुकमा दूत पठाएकोमा समेत आपत्ति जनाएका छन् । एमाले अध्यक्ष ओलीले माओवादी सरकारले देशको अखण्डतामा आँच पुर्याउने र विदेशीलाई नागरिकता दिएर राष्ट्रपति बनाउने षड्यन्त्र गरेको आरोप लगाए । उनले संविधान च्यात्नेसँग गरिएको तीनबुँदे सम्झौताका आधारमा संविधान संशोधन नहुने बताए । ‘संविधानको सर्वोच्चता स्वीकार नगरेसम्म छलफल हुन सक्दैन’ उनले भने, ‘संविधानसभाले ९२ प्रतिशत मतद्धारा लोकतान्त्रिक विधिमार्फत बनाएको संविधान संसारका जुनसुकै संविधानसँग दाँज्न तयार छौं ।
ओलीको प्रश्न प्रचण्ड लाइ :प्रधानमन्त्री भएको एक महिनामै भारत जानु पर्ने कारण के थियो ?
Reviewed by Google Girl
on
9:45:00 PM
Rating:
No comments: