Top Ad unit 728 × 90

News
News

साउदी अरबको अस्पतालमा दाजुको मृत्यु भएपछी मलेशिया मा भएको भाइले भने : ‘भाउजू, मन दह्रो पार्नुस्, दाजुको शव बुझेर आउँदै छु’

दुई महिनाअघि साउदी अरबको अस्पतालको बेडबाट बलराम सुनुवारले मलेसियामा रहेका भाइ टीकारामलाई फोनमा भनेका थिए, ‘भाइ, अब तँसँग बोल्न पाउँदिनँ होला । बाँचे भने फर्केर आउनेछु । भाउजू र छोराछोरीको ख्याल गरेस् । जे भने पनि अब तँ नै होस् ।’ त्यसरी भाइलाई सम्झाएको दुई महिना पनि नपुग्दै बुधबार राति साउदी अरबको अल जिदानी अस्पतालमा ३१ वर्षीय बलरामको मृत्यु भयो । रोजगारीका लागि उनी १९ महिनाअघि साउदी अरब पुगेका थिए । उनका भाइ टीकाराम दुई वर्षअघि मलेसिया आएका थिए ।
दाजु अस्पतालमा पुगेपछि घर चलाउन गाह्रो भयो । घर सम्हाल्नको लागि भन्दै नेपाल फर्कने तयारी गर्दागर्दै दाजुको मृत्युको खबर टीकारामले क्वालालम्पुरमा सुने । त्यसयता उनी भावविह्वल भएर भौंतारिरहेका छन् । ‘मेरो अभिभावक भनेको त्यही दाजु थियो, त्यो पनि बित्यो । आमालाई मैलै चिन्नै पाइनँ । बुबा पनि परार साल बित्नुभो । दाजुलाई पनि गुमाएँ । कति अभागी रै’छु म !,’ उनी आफ्नो भाग्यलाई धिक्कार्दै छन् यतिबेला ।रामेछाप जिल्लाको नामडी गाविस वडा नम्बर ६ मुखिया टोल अहिले शोकमा डुबेको छ । साउदीमा बितेका बलरामकी श्रीमती अचेत अवस्थामा छिन् भने तीन वर्षको छोरा र एक वर्षीया छोरीलाई सम्हाल्ने समेत कोही छैन । भाइ टीकारामको श्रीमती पाँच वर्षे छोरा लिएर काठमाडौंमा डेरामा बस्दै आएकी छिन् । टीकारामले फोनबाट श्रीमतीलाई छिटो घर गएर भाउजूलाई सम्झाउन र छोराछोरीको ख्याल गर्न भनिरहेका छन् । राम्रो कमाइ भएका कारण बलराम दोस्रो पटक साउदी अरब पुगेका थिए । पछिल्लो कम्पनीमा जाँदा पनि राम्रो कमाइ थियो । तर, अचानक उनमा रोग देखा पर्‍यो । स्वास्थ्य बिग्रिएपछि कम्पनीका मालिकले अस्पतालमा भर्ना गरिदिए । उपचार पनि राम्रै गराए । उनलाई ब्रेन ट्युमर भएको रहेछ । पछिल्लो पटक आईसीयुमा राखेर उपचार गराउँदा-गराउँदै उनको मृत्यु भयो । यतिबेला दाजुको खोजीमा टीकाराम जुटिरहेका छन् । साउदी अरब र नेपालमा रहेका आफन्तहरुलाई उनी क्वालालम्पुरबाट बारम्बार सम्झाइरहेका छन्, ‘दाजुको शव बुझ्न म आउँछु, कसैले पनि चिन्ता नलिनू ।’ २७ वर्षीय टीकाराम आफूलाई निकै अभागी ठान्छन् । कमाएर केही गरौं भनेर परदेश पसेका उनी दाजुको शव काठमाडौंमा बुझेर रामेछाप जाँदै छन् । उनी प्रश्न गर्छन्, ‘गरिबलाई दशाले किन यति साह्रो पछ्याउँछ हँ ?’
साउदी अरबको अस्पतालमा दाजुको मृत्यु भएपछी मलेशिया मा भएको भाइले भने : ‘भाउजू, मन दह्रो पार्नुस्, दाजुको शव बुझेर आउँदै छु’ Reviewed by Google Girl on 10:27:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.