Top Ad unit 728 × 90

News
News

डा. बाबुराम भट्टराई को नयाँ शक्ति पार्टीका मृगौलापिडित नेता दलमर्दन कामीलाई १ लाख १८ हजार ८१० नगद सहयोग प्रदान

आइतबार नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा पीडितलाई संयोजक डा. बाबुराम भट्टराईले १ लाख १८ हजार ८१० नगद सहयोग हस्तान्तरण गरेका हुन् ।
हस्तारन्तरण गरिएको सहयोग रकम नयाँ शक्तिको प्रवास प्रादेशिक समिति अन्तर्गत कतार, बेलायत, इजरायल र जापानबाट प्राप्त भएको प्रवाश समितिका संयोजक नवराज सुवेदीले बताए । उनले यसअघि पनि पीडित दलमर्दन कामीलाई रु. ७१ हजार सहयोग गरिएको बताए । १५ वर्षदेखि निरन्तर राजनीतिमा लागेका कामी हाल नयाँ शक्ति पार्टी नेपालको आमन्त्रित कार्यसमिति सदस्य छन् । सुनसरी निवासी ४३ वर्षीय कामी हाल काठमाडौंस्थित गंगालाल हृदयरोग केन्द्रमा उपचाररत छन् । उनले मुटुमा तीन सेन्टिमिटरको प्वाल परेको बताए । सल्यक्रियाका लागि आर्थिक स्रोत संकलन गर्न नयाँ शक्ति पार्टीकी नेतृ कमला हिमचुरी, देव लिम्बु र पत्रकार नवराज बस्नेतको अगुवाइमा दलमर्दन कामी बचाउ अभियान क्रियाशील रहेको उनले जानकारी दिए ।
डा. बाबुराम भट्टराई को नयाँ शक्ति पार्टीका मृगौलापिडित नेता दलमर्दन कामीलाई १ लाख १८ हजार ८१० नगद सहयोग प्रदान Reviewed by Google Girl on 6:23:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.