Top Ad unit 728 × 90

News
News

दुखद खबर :गएरातीको पहिरोले घर पुरिँदा एकैघरका चारजनाको मृत्यु

२३ भदौ, पोखरा । बुधबार रातिदेखि परेको अविरल वर्षपछि आएको पहिरोले लेखनाथ-४ खरानीफाँट पैतेमा चार बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई वालक र २ वालिका रहेका छन् ।
राति करीब ११ बजे घर माथीबाट आएको पहिरोले गारो भत्काएर घर पुरिदा लक्ष्मी सुनारको १४ वर्षीया छोरा निशान सुनार, ९ वर्षीया छोरी रविना सुनार, ७ वर्षीया छोरी अञ्जिला सुनार र साढे २ वर्षीया नाती सलमान सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मृत्यु हुने सलमान आमासँग मामा घर आएका बेला पहिरोमा पुरिएर ज्यान गएको हो । उनी बुधबार मात्रै आमा अर्पणासँग मामा घर गएका थिए । हेटौंडा घर भई पोखरामा बस्दै आएकी अर्पणा छोरालाई लिएर माइती गएको बेला उनलाई बज्रपात परेको हो । पहिरोले लक्ष्मी सुनारकी २५ वर्षीय छोरी कविता सुनार र १० वर्षीया सजिना सुनार पनि घाइते भएका छन् । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ । उनीहरुलाई प्रहरीले स्थानियको सहयोगमा उद्धार गरी राती नै उपचारका लागि अस्पताल ल्याएको थियो । चन्द्रकलाका श्रीमान किर्तबहादुर सुनार भने मंगलबार घरबाट निस्केर बुधबार दिउँसो साउदीअरब उडेको आफन्तले बताएका छन् ।
दुखद खबर :गएरातीको पहिरोले घर पुरिँदा एकैघरका चारजनाको मृत्यु Reviewed by Google Girl on 8:57:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.