Top Ad unit 728 × 90

News
News

विराटनगरमा ३ टुक्रा पारेर हत्या गर्ने तिन जना हत्यारा पक्राउ

विराटनगर, २२ भदौ - विराटनगर हत्या काण्डमा संलग्न तीनजना विद्यार्थीलाई प्रहरीले आज पक्राउ गरेको छ । विराटनगर–१३ स्थित ओमकार श्रेष्ठको भुइतल्लाको घरको एक कोठामा सुनसरीको औंरावनी बस्ने २१ वर्षीय यादवको मङ्गलबार विभत्स ढङ्गले हत्या भएको थियो । सो घटनामा संलग्न रहेको आशङ्कामा सिरहाको पिपरा प्र।पि–७ स्थायी घर भएका हाल विराटनगर–१३ बस्ने २२ वर्षीय राकेशकुमार यादव, सिरहा सोठियाइन बस्ने १७ वर्षीय कृष्णकुमार यादव र सप्तरीको महुवा–९ दुधैला बस्ने १७ वर्षीय जितेन्द्रकुमार साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । तीनैजनालाई प्रहरीले आज भारतको जोगवनी सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो । उक्त घटनामा प्रयोग गरिएका धारिलो हतियार एक थान कट्टि, एक थान नलकटुवा पेस्तोल, रगत लागेका कपडा, एकथान एनसेलको सीम र आठ थान मोबाइल प्रहरीले बरामद गरेको मोरङका प्रहरी उपरीक्षक सन्दिप भण्डारीले जानकारी दिए । यस घटनामा संलग्न केही व्यक्तिहरुको खोजीकार्य जारी रहेको र पक्राउमा परेका तीनजनाले प्रारम्भिक बयानमा अपराध स्वीकार गरिसकेको प्रहरी उपरीक्षक भण्डारीले बताए । विराटनगर–१३ मा अक्सफोर्ड छात्रवास सञ्चालन गर्दै आइरहेका मृतक र पक्राउमा परेका तीनैजना घटना भएको कोठामा बसेर भोजन गरेको बताइएको छ । प्रारम्भिक अनुसन्धानबाट हत्याको कारण अहिले खुलेको छैन् ।
विराटनगरमा ३ टुक्रा पारेर हत्या गर्ने तिन जना हत्यारा पक्राउ Reviewed by Google Girl on 2:05:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.