प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान,असोज २ गते स्वदेश र्फकने
३० भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने भारत भ्रमणका क्रममा त्यसतर्फ प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री दाहाल नेपाल वायुसेवा निगमको जहाजबाट बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत गएका हुन् ।
दोस्रो पटक प्रधानमन्त्री बनपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हो ।
भ्रमण दलमा परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत, भौतिक योजना तथा निर्माण मन्त्री रहेश लेखकसहित विभिन्न मन्त्रालयका सचिव, वरिष्ठ अधिकृत व्यवसायी तथा सञ्चारकर्मीको सहभागिता रहेको छ ।
प्रधानमन्त्री असोज २ गते नेपाल फर्कने कार्यक्रम रहको छ ।
प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान,असोज २ गते स्वदेश र्फकने
Reviewed by Google Girl
on
10:48:00 PM
Rating:
No comments: