Top Ad unit 728 × 90

News
News

सप्तरीमा माइक्रोबस दुर्घटना हुँदा ६ जना घाइते

२१ भदौ, राजविराज। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथमा सोमबार साँझ माइक्रोबस दुर्घटना हुँदा आधा दर्जन यात्रु घाइते भएका छन् ।पूर्वबाट काडमाडौँतर्फ जाँदै गरेको बा ४ ख ४१६ नंको माइक्रोबस शम्भुनाथमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । माइक्रोबसमा सवार झापा बिर्तामोड–५ का चिन्टु दास, झापा शिवसतासी–९ की धनमाया राई, सोही ठाउँकी धनकुमार लिम्बू, बिर्तामोड–७ का मानोज भट्टराई, कपिलवस्तुका विवेक श्रीवास्तव र धनकुटा आहाले–८ की आशा राई लगायत गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ । सो माइक्रोमा १४ जना यात्रु सवार थिए । घाइते सबैको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरीमा माइक्रोबस दुर्घटना हुँदा ६ जना घाइते Reviewed by Google Girl on 5:02:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.