Top Ad unit 728 × 90

News
News

बिना पासपोर्ट सुडान पुगेको २ सय ३२ नेपाली शान्ति सैनिक सुडानले नेपाल फिर्ता पठायो

काठमाडौं – दक्षिण सुडान सरकारले राहदानी नबोकी खार्तुन विमानस्थल पुगेका २ सय ३२ नेपाली शान्ति सैनिकलाई काठमाडौंमै फिर्ता गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुडानको राजधानी खार्तुन पुगेका नेपाली शान्ति सैनिकलाई राहदानी नभएपछि त्यहाँको अध्यागमन विभागले विमानस्थलबाटै नेपाल फर्काएको छ । ‘राहदानी बिना प्रवेश सम्भव छैन, दक्षिण सुडान अध्यागमनका अधिकारीको भनाइ उदृत गर्दै सैनिक उच्च अधिकारी भनाइ उदृत गर्दै सैनिक स्रोतले भन्यो , त्यसपछि काठमाडौं फिर्ता हुनुको विकल्प थिएन ।’ फिर्ता हुनुअघि सुडानस्थितमिसन हेडक्वार्टरसँग समेत समन्वय भएको थियो । तर अध्यागमनका अधिकारीले बिना राहदानी कसैलाई पनि प्रवेश दिन नसकिनेमा अडिग भएको स्रोतले बतायो । शान्ति मिसनका लागि उडेको जहाज सम्बन्धित मुलुकको अध्यागमनले फिर्ता गरेको यो पहिलो पटक हो । आजको कारोबार दैनिकमा खबर छ ।
बिना पासपोर्ट सुडान पुगेको २ सय ३२ नेपाली शान्ति सैनिक सुडानले नेपाल फिर्ता पठायो Reviewed by Google Girl on 9:04:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.