Top Ad unit 728 × 90

News
News

घुस लिँदै गर्दा सब इन्जिनियर नरेश श्रेष्ठअख्तियारको टोलीद्धारा पक्राउ

इटहरी – इटहरी उप–महानगरपालीकका सब इन्जिनियर नरेश श्रेष्ठ घुस लिँदै गर्दा अख्तियारको टोलीद्धारा पक्राउ परेका छन् ।
उनले इटहरी ६ मा रहेको एक उपभोक्ता समितिलाई योजना परिदिन्छु भन्दै १० हजार रुपैया लिएका थिए । इटहरी उप–महानगरपालीकामा सेवाग्रहीले घुस नलिई कर्मचारी कामै गर्दैनन् भन्ने चौतर्फि गुनासो आएसँगै अख्तियारले निगरानी गरिरहेको थियो । सोही अनुरुप योजना फाँटमा कार्यरत सव इन्जिनियर श्रेष्ठ पैसा सहित पक्राउ परेका हुन् । उनलाई अख्तियारको पुर्वाञ्चल क्षेत्रीय सम्पर्क कार्यलय इटहरीको टोलिले पक्राउ गरेको हो । इटहरी उप–महानगरपालिका वार्ड नम्बर ६ का देबनारायण चौधरीसँग १० हजार रुपैयाँ पक्राउ परेका श्रेष्ठले माग गरेका थिए । श्रेष्ठले ड्रेन निर्मणको योजना पास गरिदिए बाँपत चौधरीसँग घुस मागेका बताइएको छ । ड्रेन निर्माणका उप–महानगरपालिका बाट ५ लाख रुपैयाँको योजना परेको थियो । सोही योजनाबाट श्रेष्ठले घुस मागेको हुन सक्ने बताइएको छ ।
घुस लिँदै गर्दा सब इन्जिनियर नरेश श्रेष्ठअख्तियारको टोलीद्धारा पक्राउ Reviewed by Google Girl on 9:10:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.