Top Ad unit 728 × 90

News
News

दुई युवतीको साथमा रहने कान्छामान को लिंग नै काटी दिएपछि...

घरमा राम्री र उमेरदार श्रीमती हुँदाहुँदै कतै तपाई बाहिर बरालिइरहनुभएको वा कान्छी भित्र्याएर पौरख गरेको सोच्दै हुनुहुन्छ भने होसियार रहनुस्–बहुविवाह वा परस्त्री गमनको आरोप मात्र आउने होइन, अर्कै ठूलो बित्यास पनि पर्न सक्छ । मुलुकमा नयाँ प्रधानमन्त्री ल्याउने राजनीतिक रस्साकस्सी चलिरहेकै बेला यी सबबाट बेखबर तर दुई युवतीको साथमा रहने एक पुरुष ठूलो फसादमा परेका छन् । १९ असारमा प्रचण्ड नयाँ प्रधानमन्त्री बन्न दुई दिनअघि १७ गते हाल काठमाडौंको शंखरापुर बस्ने सिन्धुपाल्चोक मेलम्ची गाविस–७ का बासिन्दा एक बैंशालु पुरुष र दुई युवतीको कहानी हो ।
शारीरिक श्रम गरेर जीवन निर्वाह गर्ने २९ वर्षे कान्छामान तामाङ पहिले नै विवाहित थिए । सुन्दर र मायालु जेठो श्रीमती हुँदाहुँदै काठमाडौं भित्रिएपछि अर्को २० वर्षे युवतीमाथि पनि आँखा लगाए । शारीरिक श्रम गरेर जीवन गुजारा गर्नुपर्ने तर धेरै महत्वाकांक्षा नभएका कान्छामानले एउटै कोठामा बस्ने भएपनि दुईवटी युवतीलाई श्रीातीको रुपमा राख्ने दुस्साहस गरे । सुरुमा त दुवैका चाहना र मन मिलाएरै लगे । तर १७ गते ख्यालख्यालमै दुर्दिन बन्यो । दिउँसै मदिरा सेवन गरेका कान्छामान त्यसदिन अपराह्न ३ बजेतिर दुईवटै श्रीमतीसँग जिस्किएर कोठामा बसिरहेका थिए । यत्तिकैमा कान्छीलाई अँगाले । बाहिर रहेकी जेठी भित्र पसिन् । कान्छीसँग ओछ्यानमै रमाउन लागेको देखेपछि गाली गर्दै भनिन‘काममा जानु छैन, जतिबेला पनि रक्सी खायो, दिउँसै यस्तो के गर्न लागेको ?’ कान्छामानले फकाउने शैलीमा भने धेरै नकरा न, तेरो पनि पालो आउँछ । एकातिर कान्छी ल्याएको, अर्कातर्फ काममा जान छाडेर दिउँसै मापसे गरी कान्छीसँग रतिक्रिडामा लीन हुन लागेको देखेपछि जेठीको दिमाग रन्कनु अस्वभाविक थिएन । उनले झम्टिएर बर्को ओढी कान्छीसँग सुतिरहेका पतिले ओढ्ने तानिन् । कान्छी रातो मुख लगाउँदै निस्किइन् । तर, अर्धनग्न अवस्थामा रहेका कान्छामानले आफूलाई सम्हालेनन् । बरु मौन रहेर जेठीलाई रिसाएको आँखाले हेरे । पति र सौताको व्यवहारबाट हैरान भएकी जेठी झन् रिसाइन् । उनले कान्छी ल्याएपछि आफूसँग भएका व्यवहार सम्झिइन् । कान्छीसँगै बढी रत्तिन थालेपछि आफ्ना स्वाभाविक इच्छा मार्न बाध्य भउको पनि समिझइन् र कोठाबाहिर उभिरहेकी कान्छीतिर हेरिन् । त्यसपछि गाउँबाट ल्याएको हँसिया उठाउँदै भनिन्, ‘मलाई पनि नहुने, तँलाई पनि नहुने, लु जा भनेर कान्छामानको संवेदनशील अंग काट्न थालिन् । त्यतिबेलासम्म रक्सीको नसामा ल, बेपर्वाह, अर्धनग्न कान्छामानले आफूलाई सम्हाल्नै पाएनन् । कान्छामानले ‘ऐय्या, मलाई मारी’ भनेर चिच्याउन थालेपछि कान्छी हतारिँदै आइन् । जेठीले संवेशनशील अंगको माथिललो भाग आधाजति रेटिसकेकी थिइन् । कानछी र श्रीमान चिच्याउन थालेपछि जेठी सम्हालिन् । रगतले ओछ्यान भिज्यो र कान्छामान पीडाले बोल्नै नसक्ने भए । तत्कालै त्रिवि शिक्षण अस्पतालमा पुर्याइएका उनलाई अहिले दुबै श्रीमतीहरु मिलेर उपचार गरिरहेका छन । चिकित्सकहरुका अनुसार अहिले कान्छामानको अवस्था सामान्य छ । जनआस्थामा खबर छ भन्दै सप्तकोशी अनलाइनडटकमले जनाएको छ ।
दुई युवतीको साथमा रहने कान्छामान को लिंग नै काटी दिएपछि... Reviewed by Google Girl on 9:17:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.