Top Ad unit 728 × 90

News
News

जोया र जिबनको पिडा :एक अर्कामा टाढिएर बस्दाको छटपटी ..साना साना छोरा हरुको माया बाट टाढा रहनुको पिडा ...जिबन थापा मगर

भाद्र २२, काठमाडौं । जिबन भारतबाट नेपाल फर्केपछी नेपाल मगर संघ केन्द्रीय समितिको छाहारीमा बसिरहेका छन् । जिबन मात्र होइन चितवनबाट फर्केका उनका आमा पूर्ण माया मगर पनि अहिले नेपाल मगर संघको छाहारीमा नै हुनुन्छ । पहिलो पटक दुधकोशी मेडियाले जिबन परिवारमा अन्याय भएको र मेडियाले फैलाईएको समचार भ्रामक रहेको सत्यतथ्य सहित समाचार सम्प्रेसन गरे पछाडी
विश्वमा रहेको नेपालीहरुको सहानुभूति र सहयोग जिबन र जोयामाथि सकारात्मक रुपमा बढेको छ । तर अझै पनि विभिन्न मिडियाहरुले भ्रममा पार्ने समाचारहरु दिनानुदिन सम्प्रेसन गरिरहेका छ । यसै कुरालाई मध्यनजर गर्दै नेपाल मगर संघ केन्द्रीय समितिको अध्यक्ष नबिन रोका मगर भन्नु हुन्छ-अहिले जिबन हाम्रो संरक्षणमा हुनुन्छ हाम्रो निगारानीमा हुनुन्छ त्यसैले मिडियाहरुले फैलाईएको भ्रममा नपरी नेपाल मगर संघको आधिकारिक धारणा नआउन्जेलसम्म कुनै र कसैको हल्लामा बिश्वास नगर्न अनुरोध गर्नु भएको छ । साथै जोया जिबन परिवारको पुनर्मिलन अभियानमा सहयोग गर्न पनि विश्व समुदायलाई अनुरोध गर्नु भएको छ । त्यस्तै नेपाल मगर संघद्वारा निर्मित छानबिन समिति म्याद भोलि सकिने लाग्दा संयोजक एबम नेपाल मगर संघ केन्द्रीय समिति सचिब एबम विदेश बिभाग प्रमुख अधिबक्ता रक्षा रैकामगरले केन्द्रिय समितिलाई छानबिन समितिको एक हप्ता समय थप्न अनुरोध गरेको डीके मिडियालाई बताएका छन् । अहिले जोया र जिबन घन्टौ एक अर्काको दुख सुख र समसामयिक कुराकानीमा ब्यस्त रहेको छ । यसबाट के प्रमाणित भएको छ भने जोया र जिबन एक अर्कामा अत्यान्त माया प्रेम रहेको पुस्टि हुन्छ । बिशेसत जोया चाडो भन्दा चाडो जिबनलाई फीलिपिन्स बोलाउन चाहान्छ र फिलिपिन्समा गए पछी एक चर्चमा जोया र जिबनको विबहा गरिदिने र विबहा पश्चात स-परिवार नेपाल फर्कने उनको इच्छा र योजना रहेको छ र जोयाले चाडो भन्दा चाडो आउन भनिरहेका छन् । जिबन पनि बारम्बार कागजी कुरा मिलाई रहेको र सकिने बित्तिकै फिलिपिन्स आउने भन्दै जोयालाई सम्झाई रहेका छन् । तर
नेपालको प्राबिधिक समस्याहरु र ब्यबस्थापनका कारण ढिलो भईरहेको छ । आदर्श गृह संस्थाको कब्जामा रहेको पासपोर्ट र नागरिकता एक दिन अघाडी मात्र चितवन प्रहरी कार्यालयमा बुझाएको छ । सो पासपोर्ट र नागरिकता लिन नेपाल मगर संघ जिल्ला कार्य समितिका अध्यक्ष सुरबीर थापा मगर र सचिब ठाकुर सिं आले मगर बिगत दुइ दिनदेखि धाईरहनु भएको छ तर जिबन वा जिबनको आमा बाहेक कसैलाई दिन नमिल्ने भन्दै फर्काई रहेका छन् । केहि दिन अघाडी गृहका अध्यक्ष मिना खरेललाई फोन गर्दा कोहि आफन्त लिन पठाए, दिएर पठाउने भनिएता पनि प्रहरी कार्यालयमा बुझाएको पाईएको छ । चितवन जिल्ला प्रहरी कार्यालय महिला सेल(९८५५०९०४९०)मा कल गरि सोधपुछ गर्दा पासपोर्ट मुद्धा शाखामा रहेको र लिनको लागि जिबन थापा मगर वा निजको आमा भए मात्र दिन मिल्ने बताउदै मगर संघका पदाधिकारीहरुलाई दिन माथिल्लो उच्च तहबाट आदेश आउनु पर्ने बताए ।
जोया र जिबनको पिडा :एक अर्कामा टाढिएर बस्दाको छटपटी ..साना साना छोरा हरुको माया बाट टाढा रहनुको पिडा ...जिबन थापा मगर Reviewed by Google Girl on 6:05:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.