Top Ad unit 728 × 90

News
News

इराकमा आतंककारीले घाँटी छिनाए जस्तै गरि बिराटनगरमा होस्टल सञ्चालक को शिर र दुवै खुट्टा काटेर निर्मम हत्या

विराटनगर- विराटनगर-१३ स्थित तिनटोलियामा अक्सफोर्ड होस्टल सञ्चालन गरिरहेका विजय यादवको क्रूर हत्या गरिएको छ। २१ वर्षका यादवलाई ठूलो कट्टीले शरीरबाट टाउको र दुबै खुट्टा काटेर अलग पारी हत्या गरिएको छ।
ओमकार श्रेष्ठको घरको तल्लो तलामा भाडा लिएर बसिरहेका यादवको हत्यापछि उनको शवलाई एउटा बोरामा बाँधेर राखिएको अवस्थामा प्रहरीले भेटाएको छ। जगदिश यादवको छोरा विजय केही दिनअघि मात्रै उक्त घरमा डेरा सरेका थिए। घरपट्टी श्रेष्ठ सपरिवार धनकुटा गाउँमा पुगेको बेला यादवको हत्या गरिएको हो। घरपट्टि श्रेष्ठ आवश्यक कामले चार दिनअघि धनकुटा पुगेका थिए। हत्याको खबर पाएपछि उनीहरु विराटनगर फर्किएका छन्। ‘इराकमा आंतककारीहरुले जसरी घाँटी छिनाएर मानिसको हत्या गर्छन, ठीक त्यही प्रकृतिले यादवको हत्या गरिएको छ,’ हत्या अनुसन्धानमा खटिएका मोरङ प्रहरीका एक अधिकृतले भने, ‘यस्तो क्रूर हत्या मैले देखेको थिइँन्।’ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टिमले अहिले त्यो घरलाई सिल गरेर हत्याको अनुसन्धान गरिरहेको छ। घरबाहिर ठूलो संख्यामा सर्वसधारणको भीड छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा राति यादवको कोठमा ऊसँगै अरुपनि व्यक्ति रहेको देखिन्छ। ‘बियरका केही बोतलहरु भेटिएको छ,’ ती प्रहरी अधिकृतले भने, ‘घटनामा संलग्नको पहिचान हुन सकेको छैन।’ छिमेकी श्यामबहादुर सिंहका अनुसार बिहान ५ बजे टाटा सुमो गाडी घरभित्र देखिएको बताए। ‘घरभित्रै गाडि देखिएपछि मैले घरपट्टि आएको होला भन्नठाने,’ सिंहले भने, ‘एकैछिनमा त्यो गाडि फेरि त्यहाँबाट गायब भयो।’ शरीरबाट टाउको र दुबै खुट्टा अलग पारेर काटेर हत्या गरिएका विजयको मृत शरीर त्यही गाडीमा राखेर गायब पार्ने योजनाअनुसार गाडी मगाइएको प्रहरीको अनुमान छ। स्रोतका अनुसार बोरामा बाँधिएको अवस्थामा लाश देखेपछि गाडीका चालकले नै हत्याबारे प्रहरीलाई खबर गरेको थियो। मोरङ प्रहरीका प्रमुख एसपी सन्दीप भन्डारीले विजयको हत्याको अनुसन्धान तीव्र पारिएको बताए। ‘अहिले अनुसन्धान भइरहेको छ,’ एसपी भन्डारीले भने, ‘बिस्तृत विवरण आउन बाँकी छ।
इराकमा आतंककारीले घाँटी छिनाए जस्तै गरि बिराटनगरमा होस्टल सञ्चालक को शिर र दुवै खुट्टा काटेर निर्मम हत्या Reviewed by Google Girl on 12:30:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.