Top Ad unit 728 × 90

News
News

खुसीको खबर :ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँ घट्यो..अब को जम्मा मूल्य रू.....

१६ भदौ, काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँ घटाएको छ । निगमले नजिकिँदो चाडबाडको अवसर पारेर मूल्य घटाएको हो ।
बिहीबारराति १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य लागू हुनेछ । अब एउटा ग्यास सिलिन्डर १३ सय २५ रुपैयाँमा किन्न पाइने निगमका प्रवक्ता भानुभक्त खनालले बताए । आपूर्ति मन्त्रालयले यसअघि नै ग्यासको मूल्य घटाउने योजना बनाएको थियो । बिहीबारको मन्त्रिपरिषद बैठकले पनि दशैंतिहारको अवसरमा मूल्य घटाउन निर्देशन दिएको थियो । तेलको मूल्य पपनि घटाउने योजना भएपनि भारतीय आयल कर्पोरेशनले मुल्य बढाएर सूची पठाएकाले तत्काल सम्भव नभएको खनालले बताए । यसैगरी मन्त्रिपरिषद्ले आपूर्ति मन्त्रालयलाई खाना पकाउने ग्यासका पनि स्वचालित मूल्य प्रणाली लागू गर्न सैद्धान्तिक सहमति दिएको छ । अब खाना पकाउने ग्यासमा पनि तेलमा जस्तै भारतको मूल्य अनुसार भाउ घटबढ हुनेछ । आयल निगम लगातार घाटामा गएपछि तेलमा स्वचालित मूल्य प्रणाली लागू गरिएको छ । अब यो ग्यासमा पनि लागू हुनेछ । आयल निगमलाई आजसम्म खाना पकाउने प्रतिसिलिन्डर ग्यासमा १ सय ११ रुपैयाँ नाफा थियो ।
खुसीको खबर :ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँ घट्यो..अब को जम्मा मूल्य रू..... Reviewed by Google Girl on 12:00:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.