Top Ad unit 728 × 90

News
News

गर्भवती भएको कारण कतारमा एक नेपालि महिला लाइ जागिर बाट निकालियो

दोहा, भदौ ३० ३२ बर्षिय नेपाली महिला सिर्जना श्रेष्ठले आफूलाई गर्भवती भएकै कारण जागिरबाट निकाल्ने पूर्व रोजगारदाता विरुद्ध मुद्धा हालेकी छिन् । उनले आफूलाई गैरकानूनी रुपमा जागिरबाट निकालिएको दावी गरेकी छिन् ।स्टाफ सोर्स ईन्टरनेशनल नामको कम्पनीमा अनलाइन मार्केटिंगमा काम गर्ने श्रेष्ठलाई गत मे महिनामा जागिरबाट निश्कासन गरिएको थियो । उनलाई बच्चा हुन लागेको भन्दै कामबाट
निकालिएको थियो । उनलाई जागिरबाट निकालिएको पत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक श्रेष्ठले लेखेका थिएः हामीलाई प्राप्त जानकारी अनुसार तपाई गर्भवती हुनुहुन्छ जुन हाम्रो रोजगार करार अनुसार मान्य हुन्न । किनकी तपाई यस कम्पनीमा अविवाहित हैसियतमा कार्यरत हुनुहुन्छ । दोहा न्यूजका अनुसार कतारको श्रम कानूनले गर्भवती भएकै कारण कुनै पनि महिलालाई रोजगारीबाट निकाल्न पाइन्न । कानून विज्ञ अव्दुल्लाह युसुफले सिर्जनाको घटनामा कम्पनीले कतारी कानूनको उल्लंघन गरेको बताएका छन् । सिर्जनाले आफूलाई कतारको राष्टिय मानव अधिकार आयोग र वकिलहरुले पनि कानूनी रुपमा उनको जीत सुनिश्चित रहेको बताएको उल्लेख गरेकी छन् । उनी विवाहित हुन् र उनका पतिले उनको भिषा निकालेका हुन् । पछि उनी कानूनी रुपमा नै सो कम्पनीमा काम गर्न थालेकी थिइन् । पछि गर्भवती भएपछि उनले यसका बारेमा रोजगारदातालाई जानकारी गराएकी थिइन् । तर कम्पनी सञ्चालकले उनको बैवाहिक अवस्थाका बारेमा आफूलाई जानकाी नभएको भन्दै कामबाट निकालेको थियो । सो कम्पनीका प्रमुख नरकाजी गुरुङले श्रेष्ठको भिषाबाट उनी विवाहित भएको नखुल्ने दावी गरेका छन् । रोजगारीबाट निकालिएपछि श्रेष्ठले गत जुनमा कम्पनी विरुद्ध मुद्धा दायर गरेकी हुन् । उनको मुद्धाको बारेमा गत जुलाईमा पहिलो सुनुवाई भइसकेको छ । रमादान तथा गर्मीका कारण छोटो कार्यसमयका कारण उनको मुद्धाको थप सुनुवाई हुन ढिलाई भइरहेको समाचारमा जनाइएको छ । साभार देश परदेश बाट
गर्भवती भएको कारण कतारमा एक नेपालि महिला लाइ जागिर बाट निकालियो Reviewed by Google Girl on 2:10:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.