Top Ad unit 728 × 90

News
News

नेपाली भूमिमा आएका १४ भारतीय प्रहरीलाई कन्चनपुरका स्थानीयले लखेटे, दुई जना पक्राउ

फाइल तस्बिर
कञ्चनपुर, ३१ भदौ । कञ्चनपुरको बेलीराीमा एक स्थानीयको घरमा प्रवेश गर्न खोज्ने दुई भारतीयलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । हतियारसहित एक स्थानीयको घरमा छापा मार्न आएका भारतीय प्रहरीहरुमध्ये दुईजनालाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ । बेलोरी नगरपालिका १४ का स्थानीय झुपबहादुर शाहीको घरमा खानतलासी गर्न भन्दै आएका १४ जना भारतीय प्रहरीको जत्था स्थानीयको प्रतिकारपछि भागेका छन् । भारतीय प्रहरीमध्ये १२ जना भागे पनि दुई जनालाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए । स्थानीय भोडा चौकीले ती भारतीय प्रहरीलाई कञ्चनपुर जिल्ला प्रहरी कार्यालय बुझाएको छ ।
नेपाली भूमिमा आएका १४ भारतीय प्रहरीलाई कन्चनपुरका स्थानीयले लखेटे, दुई जना पक्राउ Reviewed by Google Girl on 9:21:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.