Top Ad unit 728 × 90

News
News

प्रधानमन्त्री व्यस्त, मोदीसँग मात्रै चारपटक भेट

भदौ ३१, काठमाडौं – प्रधानमन्त्री प्रचण्डले शुक्रबार भारतीय राष्ट्रपति प्रणव मुखर्जी, समकक्षी नरेन्द्र मोदी, उपराष्ट्रपति हमिद अन्सारी तथा वरिष्ठ मन्त्रीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी
मोदीबीच हैदराबाद हाउसको डेकेन स्विटमा आधा घन्टा छुट्टै वार्ता तय भएको छ । भारतीय समयअनुसार बिहान ११ः३० देखि १२ बजेसम्म हुने सो वार्तापछि हैदराबाद हाउसको कन्फरेन्स रुममा १२ बजेदेखि एक घन्टा प्रतिनिधिमण्डलस्तरीय औपचारिक भेटवार्ता तय भएको छ ।भारतीय विदेश मन्त्रालयको कार्यतालिकाअनुसार १ देखि १ः१० बजेसम्म हैदराबाद हाउसको बल रुममा दुईपक्षीय सम्झौताहरूमा हस्ताक्षर हुने छ । त्यसपछिको २० मिनेट प्रेस विज्ञप्ति तथा पत्रकार सम्मेलन हुनेछ, प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीले सम्बोधन गर्नेछन् । १ः३० देखि एक घन्टा दिवाभोज हुनेछ । प्रचण्ड र मोदीबीच बिहान राष्ट्रपति भवनमा, एक्लाएक्लै, औपचारिक प्रतिनिधिमण्डलस्तरमा र पत्रकार सम्मेलनमा गरी चारपटक भेटवार्ता हुनेछ । प्रधानमन्त्री प्रचण्ड शुक्रबार बिहान ९ बजेदेखि रातिसम्म भेटवार्तामा व्यस्त हुनेछन् । प्रचण्डलाई बिहान ९ बजे राष्ट्रपति भवनमा भारतीय सेनाले गार्ड अफ अनर दिएसँगै औपचारिक कार्यक्रम सुरु हुनेछ । सो कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुनेछन् । मोदीले नै प्रचण्डलाई राष्ट्रपति भवनमा स्वागत गर्नेछन् । प्रधानमन्त्री प्रचण्डले ९ः३० बजे महात्मा गान्धीको समाधिस्थलमा गएर दीप प्रज्ज्वलन गर्ने कार्यक्रम छ । राष्ट्रपतिको राजकीय पाहुनाका रूपमा प्रधानमन्त्री प्रचण्डसहित प्रतिनिधिमण्डलका १५ सदस्य राष्ट्रपति भवनमा बसेका छन् । सरकारी भ्रमण दलका बाँकी ३७ जनालाई भने ताजमानसिंह होटेलमा बस्ने व्यवस्था मिलाइएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रधानमन्त्री व्यस्त, मोदीसँग मात्रै चारपटक भेट Reviewed by Google Girl on 8:44:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.