Top Ad unit 728 × 90

News
News

फेरी आज स्याङ्जामा जिप दुर्घटना १५ जना घाइते

२२ भदौ, स्याङ्जा । स्याङ्जा वालिङ ५ मिर्दीबाट जगतभञ्ज्याङतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा त्यसमा सवार १५ जना घाइते भएका छन् ।वडा प्रहरी कार्यालय वालिङका अनुसार जगतभञ्ज्याङतर्फ जाँदै गरेको ग १ ज २४८१ नं को जिप आमडाली नजिकै मंगलबार सडकबाट २० मिटर तल खोलामा खसेको हो । दुर्घटनामा परेकामध्ये केवरे भञ्ज्याङ–६ का ३५ वर्षीया यानुमाया गुरुङ र १० वर्षीया स्वस्ती थापा तथा केवरेभञ्ज्याङ–२ का १० वर्षिय दीपक सारुको अवस्था गम्भीर रहेको जनाएको छ । उनीहरुलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ भने अन्य सामान्य घाइतेको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।
फेरी आज स्याङ्जामा जिप दुर्घटना १५ जना घाइते Reviewed by Google Girl on 11:43:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.