Top Ad unit 728 × 90

News
News

अचम्मै भयो :सुनसरीमा धानखेतबाटै पेट्रोल निस्किन थालेपछि मानिसहरु हेर्नेको भीड

भदौ १९ गते–सुनसरीको नरसिंहमा धानखेतमा सम्भावित पेट्रोलियम पदार्थको खानी भेटिएको छ । धान खेतमा जमिन मुनीबाट मूल जस्तै जरी तरल पदार्थ निस्किइरहेको छ भने बाहिर निस्किएको तरल पदार्थ पानीमाथी तैरिने गरेको छ । स्थानीय बासिन्दाका अनुसार उक्त तरल पदार्थ डिजेलको गन्ध जस्तो छ । उक्त खेतमा अहिले पूरै डिजेलको गन्ध आइरहेको र सम्भावित पेट्रोलियम पदार्थ बाहिर निस्किरहेको स्थानीय मोताहिर मन्सुरीले बताए । शुक्रबर दिउँसोदेखी जमिन मुनीबाट तेल निस्कीएर धान खेतको पानीमा तैरिदै बग्न थालेपछि पूरै धान खेती नष्ट हुने भन्दै स्थानीयले तेल निस्किएको प्वाल माटो हालेर पुरेका छन् । त्यस स्थानमा जिल्ला प्रहरी कार्यालय सुनसरी बाट प्रहरी सहायक निरीक्षक दिलीप चौधरीको नेतृत्वमा सुरक्षा टोली खटिएको छ ।
अचम्मै भयो :सुनसरीमा धानखेतबाटै पेट्रोल निस्किन थालेपछि मानिसहरु हेर्नेको भीड Reviewed by Google Girl on 1:46:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.