मलेसियामा सुकु माया तामांगको मृत्यु रहस्यमय..मर्नु भन्दा एक दिन अगाडि मात्र मृतक तामांगले यसो भनेकी थिइन्..
मलेसिया,३१ भदौ ।
रोजगारीको सिलसिलामा मलेसियाको पेनांगमा बस्दै अाएकी एक नेपाली महिला गत ११ सेप्टेम्बर बिहान आफ्नै कोठामा झुन्डिएर मृत्यु भएको अवस्थामा भेटिएको छ । मृत्यु हुनेमा बारा,सिंगौली-४ का चक्र
बहादुर दोंगको छोरी सुकु माया तामांग रहेको बताइएको छ ।पेनांगको JCY कम्पनीमा बिगत दुई बर्ष दुई महिना अगाडि देखि काम गर्दै आएकी तामांगको खुट्टामा चोटको निशान भेटिएको प्रत्क्ष्यदर्शीहरुले बताएका छन् । बिगत केही दिन यता एक्लै रुने प्रबृर्ति देखे पछि साथीहरुले के भो भनेर सोध्दा म भन्दिन,यो कुरा कसैलाई भनिस् भने तंलाई मारिदिन्छु भनेको छ भन्ने धम्की दिएको तर कस्ले त्यस्तो धम्की दिएको हो भनेर नखुलाएको पनि बताइएको छ ।
मर्नु भन्दा एक दिन अगाडि मात्र मृतक तामांगले भनेकी थिइन् ‘
मेरो कोठामा त सबै शत्रु मात्रै छन्,थाहा छैन मलाई कत्ति बेला मार्ने हो’ ? तर को हो शत्रु उन्ले कसैलाई बताएकी थिएनन् । प्राप्त जानकारी अनुसार सुकुलाई उसकै कोठाका केही ब्यक्तिले पैसा चोरेको आरोप समेत लगाएको र त्यसै बिषयमा एक अर्का बीच केही भनाभन समेत भएको थियो । तामांगको मृत्यु रहस्यमय भएपनि पुलिस र डाक्टरहरुले मृत्यु हत्या नभइ आत्महत्या नै रहेको पुष्टि गरिसकेको पनि बताइएको छ । त्यहां कार्यरतहरु संग सम्पर्क गरेर जान्न खोज्दा आउने सोमबारबाट मृतकको शवलाई नेपाल पठाउने प्रक्रिया सुरु गरिने कम्पनीले बताएको जानकारी दिए ।

Reviewed by Google Girl
on
3:02:00 PM
Rating:
No comments: