Top Ad unit 728 × 90

News
News

१० हजार धरौटीमा छुटेका थिए बम राख्ने समूहका नाइकेहरु

४ असोज, काठमाडौं । एकाविहानै राजधानीबासीको जनजीवन आतंकित हुने गरी मंगलबार काठमाडौंका सात निजी स्कुल अगाडि बम भेटियो । दुई स्कुल बाहिर राखेको बम विस्फोट भएको छ भने अन्य स्थानको बमलाई सुरक्षाकर्मीले निष्कृय बनाएका छन् ।
घटनाको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपालले जिम्मा लिएको छ । र, साँझ प्रहरीले बम राख्ने तथा पड्काउने घटनामा संलग्न भएको भन्दै दुई युवक शंकर लाखे र चन्द्रबहादुर तामाङलाई सार्वजनिक गरेको छ । प्रहरीका अनुसार विद्यार्थी केन्द्रका अध्यक्ष मीन देवकोटा र योङ कम्युनिष्ट फोर्सका सुमन श्रेष्ठको खोजी भइरहेको छ । १० हजार धरौटीमा छुटेका थिए नाइकेहरु घटनाको जिम्मा लिने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपाल क्रान्तिकारी कम्युनिष्ट केन्द्रसँग आवद्ध छ । र, यो माओवादी शान्ति प्रक्रियामा आएपछि हतियार लिएर भागेका केही लडाकू समेत भूमिगत पार्टी हो ।यो पार्टीले सरकारसँग वार्ता गर्नुका साथै शान्तिपूर्ण राजनीतिमा आउने भन्दै ०७१ सालमा जिल्ला प्रशासन कार्यलय मकवानपुरमा केही थान हतियार पनि बुझाएको थियो । तर, पछिल्ला वर्षहरुमा चन्दा आतंक र अपराधिक क्रियाकलापमा संलग्न रहँदै आएको खुलेको छ । यो पार्टीका अध्यक्ष देवेन्द्र महत हुन् भने महासचिव केशव नेपाल हुन् । उनीहरु दुबै अपराधिक घटनामा प्रहरीले पक्राउ गरेर १० हजार धरौटीमा छुटेको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रम सिंहका अनुसार ०७१ असार १ मा काठमाडौंको कलंकीबाट मनबहादुर चदाराको झण्डै ४० लाखको यार्सा चोरी भएको थियो । चोरीमा संलग्न भएको अभियोगमा पुस १ मा ४ जना पक्राउ परे । जसमा यिनै महरा र नेपाल समेत थिए । प्रहरीले उनीहरुविरुद्ध चोरीको मुद्धा चलाएको थियो । तर, २२ दिन प्रहरी हिरासतमा रहेका उनीहरु १० हजार धरौटी बुझाएर छुटेका थिए । यस्तै मंगलबार पक्राउ परेका शंकर र चन्द्रबहादुर पनि साउन ६ गतेे भएको स्कुल बस आगजनीमा पनि समातिएका थिए । र, सामान्य तारेखामा छुटेको पाइएको छ । राजनीतिको नाममा चन्दा उठाउने धन्दा यो समूहले राजनीतिका नाममा पछिल्लो समय स्कुल कलेजहरुबाट चन्दा उठाउने धन्दा चलाउँदै आएको प्रहरीले बताएको छ । स्कुल कलेजलाई धक्याउने र चन्दा उठाउने मात्र उनीहरुको काम रहेको पाइएको छ । यो समूह केही आपराधिक घटनामा पनि संलग्न देखिएको छ ।
१० हजार धरौटीमा छुटेका थिए बम राख्ने समूहका नाइकेहरु Reviewed by Google Girl on 9:32:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.