Top Ad unit 728 × 90

News
News

हेर्नुहोस तपाईको आजको राशिफल ,वि.सं. २०७३ साल भदौ १७ गते शुक्रबार, २०१६ सेप्टेम्बर २ तारिख

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। स्वास्थ्य पनि कमजोर बन्न सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। कमजोर मानसिकताले पछि परिनेछ भने हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ। समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो फाइदा नहुने काममा व्यस्तता बढ्नेछ। घर–गृहस्थीमा पनि समस्या आउन सक्छ। परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा होला। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि सामान्य लाभ होला। तर, अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह मेहनत गर्दा समय अनुकूल रहनेछ। सानो प्रयत्नले राम्रो फाइदा दिलाउनेछ। कृषिकर्म र व्यावसायिक काममा लगानीपछि फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। आँटेको कामले उत्साह जगाउनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो अरूको भरपर्दा काम रोकिन सक्छ। हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। विवेकले काम लिने प्रयत्न गर्नुहोला। वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ। धैर्यसाथ निरन्तरको प्रयत्नले फाइदा दिलाउनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे पारिवारिक जमघटमा मन रमाउनेछ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। मेहनत गर्दा जीवन शैलीमा परिवर्तन ल्याउन सकिनेछ। आकर्षक उपहार हातलागी हुन सक्छ। कामबाट फुर्सद मिल्नेछ। विशिष्ट व्यक्तित्वसँगको भेटघाटले आत्मविश्वास बढाउनेछ। सहयोगीहरूले साथ दिनेछन्। रोकिएका काम सम्पादन हुनेछन्। दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। अर्थअभाव खट्किनाले बनिसकेको काम बिग्रन सक्छ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि बनाउन सकिनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते मनग्य धन तथा भौतिक वस्तु लाभ हुने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने दैनिक काममा पनि राम्रै फाइदा हुनेछ। चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कामले कीर्तिमानी दिलाउने सम्भावना छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे कमजोरीले चिन्ता बढाउन सक्छ। बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। श्रम गरीकन चिताएको मूल्य प्राप्त नहुन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने परिस्थितिले पनि अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, फाइदाका लागि गोपनीयतामा ध्यान पुर्याउनुहोला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। प्रयत्न गर्दा सहयोगीका माध्यमबाट राम्रै फाइदा उठाउन सकिनेछ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। आस मारेको कामले उत्साह जगाउनेछ। तत्काल धेरै लाभ नभए पनि सकारात्मक संकेत प्राप्त हुनेछ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। आतिथ्यपूर्ण सम्मान पाइएला। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। उत्साहवर्द्धक समय छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ। मेहनतका साथसाथै गोपनीयतामा ध्यान पुर्याउनुहोला।
हेर्नुहोस तपाईको आजको राशिफल ,वि.सं. २०७३ साल भदौ १७ गते शुक्रबार, २०१६ सेप्टेम्बर २ तारिख Reviewed by Google Girl on 1:39:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.