Top Ad unit 728 × 90

News
News

अफगानिस्तानको काबुलमा काम गर्ने नेपालीहरु ले पनि जोया को लागि ३ लाख बढी रकम उठाए

अफगानिस्तानको काबुलमा कार्यरत साथीहरुले जोया जिबन मिलन र घरजमका लागि ३ लाख ६ हजार रकम जुटाई सहयोग पठाउनु भएको छ ।जुन नेपालमा जिबनकी आमा पूर्ण माया मगर ज्युले पाइसक्नु भएको छ । धन्यवाद सम्पूर्ण मित्रहरुलाई जसले काबुल जस्तो सम्बेदनशील स्थानमा काम गर्दै गर्दा देशको नाम र आपतमा परेको देशबासीको लागि भनी भोक निद्रा र अनेक कस्ट सहि यत्रो रकम जुटाउनु भएछ ।हामीले यहाँ संसारै पल्टायौं भन्ठानेको उता मुटु ढुक ढुक गरेको पनि सुन्ने ठाउँमा सुटुक्कै यत्रो अभियान चलेछकि अकस्मात यत्रो रकम सहयोग पठाई हामीलाई छक्कै र मख्खै पार्दिनु भयो । हाम्रो नी मुटु ढुक ढुक नै भयो , धेरै धेरै धन्यवाद तपाई हरु सम्पूर्ण दाता साथीहरुलाई , भगवानले यहाँ हरु सबैको हरदम रक्षा गरुन , सबैको मनोकामना पुरा होस् , धन्यबाद ! यो अभियानमा सहयोग गर्नु हुने सम्पूर्ण २३१ जना दयालु महानुभावहरुलाई र संयोजक पोखरेली मित्रलाई हाम्रो र सबै नेपालीको तर्फ बाट "गोर्खे सलाम" "जय गोर्खाली " "जय नेपाली " "आयो गोर्खाली "
अफगानिस्तानको काबुलमा काम गर्ने नेपालीहरु ले पनि जोया को लागि ३ लाख बढी रकम उठाए Reviewed by Google Girl on 10:45:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.