Top Ad unit 728 × 90

News
News

यिनै थिए काठमाडौँ को विद्यालयहरु मा बम पड्काउने मुख्य योजनाकार

काठमाडौं – नेपाल प्रहरीको प्रतिआतंकवाद गतिविधीको अनुसन्धान गर्ने विशेष ब्युरो, महानगरीय प्रहरी अपराध महाशाखा र काठमाडौं परिसरको टोली माओवादी कम्युनिस्ट केन्द्रका अध्यक्ष देवेन्द्रसिंह महतको खोजीमा खटिएको २४ घन्टा कटिसक्यो । तर टोली उनीसम्म पुग्न भने सफल भएको छैन।
राजनीतिक मागको आवरणमा जबर्जस्ती पैसा उठाउन काठमाडौं उपत्यकाका ११ विद्यालयमा बम राखेर आतंक मच्याए पछि प्रहरी महतको खोजीमा कस्सिए पनि उनको सम्पर्कको जालो पहिल्याउन प्रहरीलाई हम्मेहम्मे परेको छ। सशस्त्र द्वन्द्वताका माओवादीका बटालियन सहायक कमान्डर रहेका उनी काठमाडौं बाहिर पुगिसकेको सूचना बाहेक थप प्रहरीले खुलाउन नसकेको अनुसन्धानमा संलग्न स्रोतले बतायो। तत्कालीन नेकपा माओवादी सशस्त्र द्वन्द्व छाडेर शान्तिपूर्ण राजनीतिमा आए लगत्तै २०६२ मा महत हतियारसहित भागेका, अनमिनको परिक्षणमा अयोग्य ठहरिएका माओवादी लडाकुलाई समेटेर पार्टी खोले पनि निर्वाचन आयोगमा दर्ता भने गरेका छैनन्। प्रहरी विवरण अनुसार उनले २०६२ बाटै राजनीतिक मागको आवरणमा विष्णु पौडेल, मिन देवकोटा, सुमन श्रेष्ठ, केशव दाहाल लगायतकालाई समेटेर आपराधिक घटना गराउँदै आएका छन्। कान्तिपुर दैनिकबाट
यिनै थिए काठमाडौँ को विद्यालयहरु मा बम पड्काउने मुख्य योजनाकार Reviewed by Google Girl on 10:42:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.