Top Ad unit 728 × 90

News
News

दशैमा आन्तरिक वायुसेवा कम्पनीले हवाइ भाडा घटाए, .हेर्नुहोस नयाँ हवाई भाडा दर ...

२ असोज, काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीले हवाइ भाडा घटाएका छन् । नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएपछि वायुसेवा सञ्चालक संघले असोज ४ गते मंगलबारदेखि लागू हुने गरी नयाँ हवाइ भाडादर तोकेको हो ।
सञ्चालक संघको आज बसेको बैठकले हवाइ भाडा घटाउने निर्णय गरेको हो । काठमाडौंबाट सबैभन्दा नजिकको गन्तव्य सिमरामा प्रतियात्रु ५३ रुपैयाँ घटाइएको छ भने सबैभन्दा टाढाको गन्तव्य धनगढीमा १९३ रुपैयाँ घटाइएको छ। यसैगरी, काठमाडौंबाट विहानमा हुँदै आएको माउन्टेन फ्लाइटको भाडा पनि १८५ पनि घटाइएको छ । निगमले पछिल्लोपटक हवाइ इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर ५ रुपैयाँ घटाएर ९४ रुपैयाँ कायम गरेको थियो । यसअघि असारमा पनि निगमले हवाइ इन्धनको मूल्य घटाउँदा पनि आन्तरिक वायुसेवा कम्पनीले हवाइ भाडा घटाएका थिए । संघले प्रतियात्रु प्रतिमिनेटका दरले गन्तव्यका आधारमा भाडा घटबढ गर्ने गरेको छ ।
दशैमा आन्तरिक वायुसेवा कम्पनीले हवाइ भाडा घटाए, .हेर्नुहोस नयाँ हवाई भाडा दर ... Reviewed by Google Girl on 10:25:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.