Top Ad unit 728 × 90

News
News

काभ्रे बस दुर्घटनामा मृत्यु हुने हरु मध्ये २६ जनाको सनाखत भएको छ ,हेर्नुहोस तिनीहरु को नामावली सहित

काठमाडौँ, ३१ साउन - काभ्रेपलाञ्चोकको बिर्तादेउराली–९ कोसीपारि सडकमा भएको बस दुर्घटना ‘ओभरलोड’का कारण भएको प्रहरीले जनाएको छ । “बसभित्र खचाखच र छतमासमेत यात्रु सवार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ओभरलोड भएरै बसले लोडतान्न नसकी दुर्घटना भएको देखिन्छ’ काभ्रेका प्रहरी नायब उपरीक्षक नविन राईले रासससँग टेलिफोनमा भन्नुभयो ।
घटनास्थलमा रहनुभएका राईका अनुसार अहिलेसम्म घटनास्थलमा भेटिएका २७ जनाको शवमध्ये २६ जनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा कात्तिके देउराली–७ का ४५ वर्षीय दीपक गौतम, ६५ वर्षीय गोविन्द गौतम, ६५ वर्षीय सुनिल बर्देवा, मादनकुँडारी–५ का ६५ वर्षीय नीलकण्ठ गौतम, वर्ष नखुलेका विनोद गौतम, मादनकुँडारी–१ का आठ वर्षीया एलिसा तामाङ, ठेगाना तथा वर्ष नखुलेका औलात सिंह, पञ्जा तामाङ, सानुमाया तामाङ छन् ।

त्यसैगरी कात्तिके देउराली–३ का विष्णुप्रसाद बाँस्कोटा, कात्तिके देउराली–४ का उमेश बाँस्कोटा र वर्ष नखुलेका सीता बर्देवा, गोठपानी गाविसका २१ वर्षीय रेशम विक, मादनकुँडारी–५ का छविलाल चौलागाई र वर्ष खुल्न नसकेका सीता गिरी, कात्तिके देउराली–७ की कुनामाया परियार, सीता परियार, मादनकुँडारी–३ की माईली तामाङ, ठेगाना खुल्न नसकेका इन्द्रकुमारी लामा, लीलानाथ गौतम, कृष्ण दमै, ठुलीकान्छी सुनुवार, सुस्मा लामा, विष्णु सापकोटा, इन्द्रकुमारी तामाङ र रामेछाप लखनपुर–१ जुनकिरी गौतमको मृत्यु भएको छ । घटनास्थलमा भारी वर्षा भइरहेकाले शव सङ्कलन र उद्धारमा समेत समस्या भएको उहाँले जानकारी दिनुभयो । मृतकको शव अहिले घटनास्थलमै राखिएको छ । भोलि घटनास्थलमै मेडिकल टोली झिकाइ शवपरिक्षण गरी आफन्तलाई बुझाइने उहाँले जानकारी दिनुभयो । यसैबीच धुलिखेलमा उपचारार्थ १२ जनामध्ये दुईजनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये धेरैको टाउको र मेरुदण्डमा चोट लागेको छ ।
 घाइतेमध्ये २८ जनालाई नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौँ ल्याइएको छ । उनीहरूमध्ये १८ जनाको ट्रमा सेन्टर काठमाडौँ र १० जनाको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको प्रहरले जनाएको छ । अरनिको यातायात सेवा समितिअन्तर्गत बा ३ ख १०६ नम्बरको सो बस बिहान ७ बजे पुरानो बसपार्कबाट काभ्रेको मादनकुँडारी जाँदै थियो । प्रत्येक दिन काठमाडाँैबाट मादनकुँडारीसम्म एउटा मात्र बस जाने भएकाले बसमा खचाखच यात्रुहरू रहेका स्थानीयवासीले बताएका छन् । दुर्घटनाग्रस्त बस २०–२२ टुक्रा भएको छ । यसैबीच गृह मन्त्रालयले साँझ एक विज्ञप्ति जारी गरी उक्त घटनामा २५ जनाको घटनास्थल र एकजनाको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु तथा ४२ जना घाइते भएको जनाएको छ । मन्त्रालयले लामो रुटको यातायात सेवामा सिट क्षमताभन्दा बढी यात्रुहरू राख्न नदिने कार्यलाई कडाइका साथ कार्यान्वयन गर्न स्थानीय प्रशासन र प्रहरीलाई निर्देशनसमेत दिएको छ । घाइतेको उपचारमा सरकार प्रतिबद्ध ः गृहमन्त्री यसैगरी गृहमन्त्री विमलेन्द्र निधि साँझ ट्रमा सेन्टर पुगेर घाइतेहरूको उपचारमा सरकारकातर्फबाट कुनै कसर बाँकी नराखिने बताउनुभएको छ । उहाँले घाइतेको सम्पूर्ण उपचारखर्चसमेत सरकारले नै बहोर्ने बताउनुभएको गृह मन्त्रालका प्रवक्त यादव कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रासस
काभ्रे बस दुर्घटनामा मृत्यु हुने हरु मध्ये २६ जनाको सनाखत भएको छ ,हेर्नुहोस तिनीहरु को नामावली सहित Reviewed by Google Girl on 10:40:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.