Top Ad unit 728 × 90

News
News

नेपालको सानदार जित नेदरल्याण्ड् लाई २० रनले हरायो

३१ साउन, काठमाडौं । पारस खड्काको कप्तानी पारीको मदतमा नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्ड्समाथि १९ रनको महत्वपूर्ण जित हात पारेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पारसको ८४ रनको मदतमा २१७ रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको घरेलु टोली अन्तिम ९ बल खेल्नु अघि नै १९८ रनमा अलआउट भयो । अन्तिम दुई ओभरमा उसलाई २३ रन चाहिएको थियो । तर, दोस्रो बलमा सोमपालले विकेट लिए । तेस्रो बलमा मलिक रन आउट भएपछि नेपालले १९ रनको जित हात पारेको छ । खराब सुरुवात गरेको उसले आठौं ओभरमा मात्र २१ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । मध्यक्रमका ब्याट्सम्यानले पारी सम्हाले । रे भान डेरले ५६ रन बनाए भने गुर्जितर्सले ४४ र ओडाउडले ३५ रन जोडे । यस्तै टी भान डेरले ३६ रन जोडे । नेपालका पारससँगै सोमपाल कामी र बसन्त रेग्मीले २-२ विकेट लिए । शक्ति गौचन, सन्दिप यलामिछाने र सागर पुनले १-१ विकेट हात पारे ।
नेपालको सानदार जित नेदरल्याण्ड् लाई २० रनले हरायो Reviewed by Google Girl on 10:12:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.