Top Ad unit 728 × 90

News
News

काभ्रे बस दुर्घटनामा मृत्यु हुने हरुको बिभत्स दृश्य, घाइतेहरु पाखा भरि छरिएर कराईरहेको चिच्याइरहेको लासहरु भीरको पाखा भरि छरिएको ..

काभ्रेको बिर्ता देउरालीस्थित खहरे खोला नजिकै आज भएको बस दुर्घटनामा ३३ जनाको मृत्यु भयो भने ४० जना घाइते भएका छन् । काठमाडौंबाट मादनकुँडारी जाँदै गरेको बा ३ ख १०६ नम्बरको बस उकालोमा ब्रेक फेल भएर पछाडि हट्दा भीरबाट खसेको अनुमान गरिएपनि त्यसको पुष्टि भइसकेको छैन ।
दिउँसो १ बजेतिर भएको दुर्घटनामा उद्धारकार्यमा संग्लग्न ४१ बर्षीय पुष्करराज पन्थसँग हामीले दुर्घटनापछिको घटनास्थलको अवस्थाबारे कुरा गरेका थियौं । बिभत्स दृश्य देखेको बताउने पन्तकै शब्दमा घटनाः मेरो घर काभ्रेको बिर्ता देउराली ३ आलडाँडामा हो । भूकम्पले भत्काएको घर सफा गरी नयाँ घर बनाउने क्रममा छ, आज दिउँसो पनि त्यसैको काम गरिरहेको थिएँ । करीव सवा एक बजेतिर बनेपाबाट एकजना सरले फोन गरी बस दुर्घटना भएको जानकारी दिनुभो । दुर्घटनास्थल मेरो घरबाट हिँडेर करीव ४५ मिनेटको दूरीमा पर्छ । दुर्घटना भएकेा सुन्नेबित्तिकै सुरुमा गाउँको भुमेस्थान उच्च माविमा गएर सरहरुलाई सुनाए । त्यसपछि तत्काल घटनास्थलमा पुगेँ । मसँगै स्कुलका सरहरुपनि हुनुहुन्थ्यो । करीव पौने २ बजेतिर म घटनास्थलमा पुगेँ । म त्यहाँ पुग्दा करीव डेढ सयको सङख्यामा मानिसहरु जम्मा भइसकेका रहेछन् र उद्धारको क्रम पनि सुरु भइसकेको रहेछ । तर कठिन भौगोलिक अवस्था र पानी परिरहेकाले उद्धारमा कठिनाइ भइरहेको थियो । घटनास्थलमा मैले यस्तो दृश्य देखेँ कि यस्तो मैले यसअघि कहिल्यै देखेको थिइनँ । घाइतेहरु पाखा भरि छरिएका थिए । उद्धारका लागि चिच्याइरहेका थिए । एैया दुख्यो, मरेँ नि जस्ता कोकोहोलो सुनिएको थियो । मृतकहरुका विभत्स शवहरु यत्रतत्र छरिएका थिए । कसैको टाउको थिएन, कसैको हात खुट्टा थिएन । साँच्चै नै हृदयविदारक दृश्य थियो त्यो । दोलालघाटबाट कच्ची बाटो गाडिमा १ घण्टामा घटनास्थल पुगिन्छ । बस करीव ३०० मिटर तल खसेको हुनुपर्छ । बस २०/२२ टुक्रा भएको छ । भीरको बीच बीचमा ठोक्किँदै गएकाले मानिसहरु भीरैभरी छरिएका हुन् । म पनि उद्धारमा खटिएँ । हामीले उद्धारका क्रममा घाइतेलाई प्राथमिकता दियौं । मैले ३/४ जनालाई बोकेर माथि ल्याएँ । २ बजेतिर १०/१२ जनाको सङख्यामा प्रहरीको टोली इन्सपेक्टरको नेतृत्वमा घटनास्थल पुगेपछि हामीलाई उद्धारमा सहज भयो । प्रहरीले ठूलो सहयोग गरे ।
घाइतेलाई तत्काल उपचारका लागि कुनै व्यवस्था थिएन । गाउँकै स्वास्थ्यकर्मीले प्राथमिक उपचार गरेका थिए । साँढे ३ बजेतिर तीनवटा एम्बुलेन्स घटनास्थल पुग्यो । प्रहरीले केहि घाइतेहरुलाई त्यसमा हालेर पठायो । त्यसपछि १३ वटा एम्बुलेन्स आए । संभव भएसम्म घाइतेहरुलाई उपचारका लागि पठाइएको छ । प्रहरीको पहलमा हेलिकप्टरबाट घाइतेको उद्धार हुने सुनेर हामीले हेलिकप्टर बस्न हेलिप्याडको ब्यवस्था गर्न थाल्यौं । घटनास्थल नजिकै एउटा ठूलो बारीको पाटा छ । त्यहाँ मकै लगाइएको थियो । बारीको पूरै मकै फाँडेर हेलिप्याड बनायौं । तर, नेपाली सेनाको हेलिकप्टर ठूलो भएकाले ठाउँ साँगुरो भयो । त्यसपछि हामीले त्यसवरपरका ८/१० वटा रुखहरु काटेर ल्याण्ड गर्नसक्ने बनायौं । घाइतेहरुलाई एम्बुलेन्स र हेलिकप्टरबाट पठाइसकेपछि अहिले शव संकलन गर्ने कार्य भइरहेको छ । भीरैभरी छरिएर रहेका शवहरु संकलन गरी माथि सडकसम्म ल्याउने काम भइरहेको छ । पानी परिरहेकाले शव संकलन कार्यमा असहज भइरहेको छ । तर, हामीले काम गर्नु परेको छैन । घटनास्थलमा अहिले नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको बाक्लो उपस्थिति छ । उनीहरुले नै भीरबाट शव संकलन गरिरहेका छन् । दिउँसो ४ बजेतिर प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरीका अफिसरहरु पनि आउनुभएको थियो । घटनास्थलको निरिक्षण गरी उहाँहरु जानुभयो ।
काभ्रे बस दुर्घटनामा मृत्यु हुने हरुको बिभत्स दृश्य, घाइतेहरु पाखा भरि छरिएर कराईरहेको चिच्याइरहेको लासहरु भीरको पाखा भरि छरिएको .. Reviewed by Google Girl on 10:47:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.