Top Ad unit 728 × 90

News
News

आज भएको काभ्रे बस दुर्घटना मा मृत्यु हुने हरुको संख्या ३२ पुग्यो

३१ साउन, काभ्रे । काभ्रेको विर्ता देउराली गाविसमा यात्रु बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । दुर्घटनामा चालीस जना घाइते भएका छन् । बस काठमाडाैंबाट काभ्रेको मादनकुडारी जाँदै थियो ।
२६ जना घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । तीन जनाको सदरमुकाम धुलिखेलमा उपचार भइरहेको छ । काठमाडौंबाट कोशीपारी मादनकुँडारी जाँदै गरेको बा ३ ख १०६ नम्बरको बस उकालोबाटोमा ब्याक भएर सडकबाट तल भीरमा खसेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले मृतकको संख्या ३२ पुगेको जानकारी दिएको छ । घाइतेहरुमध्ये अधिकांशको अवस्था गम्भीर छ । घटना दिउँसो एक बजेतिर भए पनि झण्डै एकघण्टापछि मात्रै प्रहरी टोली घटनास्थल पुगेको थियो । मृतकको शव संकलन जारी घाइतेहरुलाई उद्धार गरी अस्पताल पठाएपछि अहिले भीरमा छरिएका मृतकका शव संकलन गर्ने कार्य भइरहेको छ । निक्कै ठूलो भीरमा शवहरु यत्रतत्र छरिएकाले संकलनमा कठिनाई भइरहेको उद्धारमा संग्लग्न स्थानीय पुष्करराज पन्थले जानकारी दिएका छन् । घाइतेलाई काठमाडौं ल्याइयो घाइतेलाई काठमाडौंबाट गएको नेपाली सेनाको हेलिकप्टरले उपचारका लागि काठमाडौं ल्याएको छ । काभ्रेका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले दुर्घटनाका गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाइएको जानकारी दिए । त्यस्तै तुलनात्मक रुपमा कम घाइतेहरुलाई अस्पतालसम्म पुर्‍याउन ५ वटा एम्बुलेन्सको प्रयोग गरिएको छ । उनीहरुलाई नजिकैको अस्पतालमा लगिएको छ ।
आज भएको काभ्रे बस दुर्घटना मा मृत्यु हुने हरुको संख्या ३२ पुग्यो Reviewed by Google Girl on 6:26:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.