Top Ad unit 728 × 90

News
News

आयो फेरी दुखद न्युज: काभ्रेमा बस दुर्घटना, कम्तिमा २४ जनाको मृत्यु,४० जना घाइते

३१ साउन, काभ्रे । काभ्रेको विर्ता देउराली गाविसमा यात्रु बस दुर्घटना हुँदा कम्तिमा २४ जनाको मृत्यु भएको छ । दुर्घटनामा चालीस जना घाइते भएका छन् ।
काठमाडौंबाट कोशीपारी जाँदै गरेको बा ३ ख १०६ नम्बरको बस उकालोबाटोमा ब्याक भएर सडकबाट तल भीरमा खसेको छ । स्थानीय र प्रहरी उद्धार कार्यमा सक्रिय छन् । घटनास्थलमा रहेका स्थानीय पुष्करराज पन्तले अनलाइनखबरसँग भने, ‘२४ जनाको शव फेला परेको छ । घाइतेहरुलाई उद्धार गरी माथि ल्याइरहेका छौं । घाइतेहरु अधिकांशको अवस्था गम्भीर छ । घाइतेलार्इ थप उपचारका लागि काठमाडाैं ल्याउन नेपाली सेनाकाे हेलिकप्टर मगाइएकाे काभ्रेका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले जानकारी दिएका छन् । गम्भीर घाइतेलार्इ हेलिकप्टरबाट काठमाडाैं ल्याइने छ । घाइतेहरूलार्इ अस्पताल लैजान ५ वटा एम्बुलेन्स घटनास्थलमा पुगेका छन् । एम्बुलेन्सबाट तुलनात्मक रूपमा कम घाइतेलार्इ नजिकैको अस्पतालमा लगिनेछ । घटना दिउँसो एक बजेतिर भए पनि झण्डै एक घण्टापछि मात्रै प्रहरी टोली आइपुगेको थियो । प्रहरी निरीक्षक नरेश महतो नेतृत्वको टोली घटनास्थलमा उद्धारमा खटिएको छ । घाइतेहरुलाई छिटो उपचारका लागि अस्पतालसम्म पुर्‍याउन हेलिकोप्टर आवश्यक परेको स्थानीयले बताएका छन् । स्थानीयले हेलिकोप्टर आउने आशमा घटनास्थल नजिक हेलिप्याड निर्माण गरेका छन् ।
आयो फेरी दुखद न्युज: काभ्रेमा बस दुर्घटना, कम्तिमा २४ जनाको मृत्यु,४० जना घाइते Reviewed by Google Girl on 3:09:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.