Top Ad unit 728 × 90

News
News

कोपिला गौतम जो काभ्रे बस दुर्घटनामा आफैसख्त घाइते भएर पनि अरु घाइतेको उपचार गर्न भने छाडिनन्...पुरा पढौ !!

३१ साउन, बनेपा । काभ्रेको बिर्ता देउरालीमा भएको बस दुर्घटनामा ३२ जनाको मृत्यु भयो । ४० भन्दा बढी घाइते भए । उनीहरु मध्ये एक थिइन् कोपिला गौतम ।
कात्तिके देउराली ज्यामिरे ६ की २१ वर्षकी गौतम बबरमहलस्थित जनशक्ति विकास अनुसन्धान संस्थामा अनमी पढिरहेकी छन् । पछिल्लो समय ज्वरो आएपछि चार दिन केएमसी अस्पतालमा उपचार गरेकी उनी घर हिँडेकी थिइन् । तर, दुर्घटनामा परिन् । उनी बसको पछाडि सिटमा बसेकी थिइन् । तर, विरामी ‘आमा’ आएपछि उनलाई सिट छाडेर उनी ढोका छेउमा बोरामाथि बसेकी थिइन् । खहरे खेलामा पुग्दा बस दुर्घटना भयो । ‘अगाडि आएर बसेर भाग्यमानी भएँ’ उनले भनेकी छन् । आफू स्वयंम घाइते भएको अवस्थामा उनले अरुको उपचार गर्न भने छाडिनन् । उनले भनिन्, दुर्घटनापछि हेर्दा कोहीको हात भाँचिएको त कोहीले रगत आइरहेको थियो । सबैभन्दा ठीक छ म नै छु भन्ने लाग्यो ।’ उनका अनुसार घरमा काम लाग्छ भनेर पेनकिलर, ब्याण्डेज, मलहम बोकेकी थिएन् । बस दुर्घटनामा परेपछि उनले त्यही प्रयोग गरेर घाइतेहरुको उपचार गरिन् । ‘५/६ जनालाई पेनकिरल दिएँ । केहीलाई ब्याण्डेज लगाए’ उनले भनिन् । उनको खुट्टा र हातमा चोट लागेको छ । अहिले उनी ट्रमा सेन्टरमा उपचाररत छिन् ।कोपिलाले बताए अनुसार सेवा गर्ने इच्छाले नै उनी अनमी पढ्न काठमाडौं आएकी हुन् । सोमबारको घटनापछि उनको यो भावना अझ बढेको छ | घाइतेहरुलाई भेट्न अस्पताल पुगेका गृहमन्त्री विमलेन्द्र निधिले पनि उनको प्रशंसा गरेकी छन् ।
कोपिला गौतम जो काभ्रे बस दुर्घटनामा आफैसख्त घाइते भएर पनि अरु घाइतेको उपचार गर्न भने छाडिनन्...पुरा पढौ !! Reviewed by Google Girl on 10:55:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.