साउदीको जेलमा रहेका ‘रामचन्द्र बचाउ अभियानमा ३५ लाख ब्लड़मनी तिर्न रकम जुट्यो
साउदीको जेलमा रहेका रामचन्द्र तिमल्सिना बचाउ अभियान सफल भएको छ । जेलमा रहेका रामचन्द्रलाई ब्लडमनि तिर्न आवश्यक रकम जुटेको हो ।शुक्रबार बसेको गैर आवासिय नेपाली संघ साउदी अरबको ‘रामचन्द्र तिमिल्सिना बचाउ अभियान’ समिक्षा बैठकमा आवश्यक रकम जुटेको भन्दै बाँकी रकम आइतबार सम्ममा जम्मा गर्न यस अघि घोषणा गरेकालाई आग्रह गरिएको छ ।
२० दिनका लागि सुरु भएपनि पाँच दिनमै आवश्यक रकम जुटेपछि अभियान बन्द गरिएको छ । आइतबार एनआरएनए एनसिसी साउदिले बाँकी प्रक्रिया र अहिले सम्मको सहयोगका बारेमा थप प्रस्ट पार्ने जनाएको छ ।उहाँलाई बचाउन एक लाख २० हजार रियाल अर्थात झण्डै ३५ लाख आवश्यक भएपनि त्यो भन्दा बढि रकम खातामा जम्मा भइसकेको उहाँकी श्रीमती सरिता तिमल्सिनाले जानकारी दिनुभयो ।रकम जम्मा हुने क्रम जारी रहेकाले अझै बढ्ने छ । भोली सम्ममा अभियान्ताले सार्बजानिक गर्ने तयारी गरेका छन् ।तिमिल्सिना बचाउ अभियान एनआरएन साउदी अरबले राष्ट्रिय र अन्तरास्ट्रिय समिति निर्मण गरेर सुरु गरेको होे । त्यस्तै चितवन युवा समुह अन्तराष्ट्रिय परिषदले युएई लगायत अन्तरास्ट्रिय रुपमा अभियान मार्फत रकम सकंलन अभियान चलाएको छ । समाजले युएई सँगै नेपाल, कतार, कुवेत, बहराइन, इजरायल, साइप्रस, कोरिया, जापान, डेनमार्क, आयरल्याण्ड लगायतका देशमा रामचन्द्र तिमल्सिना बचाउन २० दिने आर्थिक सकंलन अभियान चलाएको थियो । यस्तै विभिन्न व्यक्ति तथा संस्थाले स्वस्फुर्त रुपमा रकम जम्मा गरेका छन् । काभ्रेको कुशादेवी २ घिमिरेगाउँका रामचन्दले्र साउदीमा चलाएको गाडीको ठक्करबाट पाकिस्तानी नागरिक तानबीर अमद अव्बासको ज्यान गएको थियो ।१५ महिना देखि रामचन्द्र जेलमा थिए भने उहाँको मुद्धा अदालतमा चलिरहेको थियो । अदालतले रामचन्द्रलाई दोषि ठहर गर्दै तत्काल ब्लडमणि तिरे एक लाख २० हजार साउदी रियाल र ४५ दिन कटे तीन लाख रियाल फैसला गरेको थियो । साउदी अरबको उच्च अदालतले तिमिल्सिनालाई पहिले मृत्युदण्ड दिने भनेपनि पछि पाकिस्तानी नागरिकको परिवारसँग सल्लाह गरेर ब्लड मनी दिएर आममाफी दिन अनुरोध गरेको थियो । मृतक पाकिस्तानी नागरिकको परिवारले समेत खुनको बदला खुन नभई हत्या बापतको ब्लडमनी स्विकार्ने बताएपछि तिमिल्सिनालाई पैसा तिरेर बचाउन संभव भएको हो । परिवारले संसारभरका नेपालीलाई सहयोग गर्न अनुरोध गरेको थियो । आमा, बाबु, श्रीमती र दुई छोराछोरी छन भने दाजु देवराजको मृत्यु भएपछि उहाँका तीन छोराछोरीको रेखदेख समेत उहाँले गर्दै आउनु भएको थियो । सकंलित रकम अबको २० दिन भित्र साउदी अदालतमा पुर्याउनु पर्ने हुन्छ । सकंलित रकम पररास्ट्र मन्त्रालयले साउदीस्थित नेपाली दुतावास मार्फत अदालतमा लगेर बुझाउने छ ।रकम बुझाएपछि आवश्यक झन्डै एक महिना अर्थात अदालतले तोके अनुसार कारागारमा बसेर रामचन्द्रले आममाफि पाउने छन् । पाकिस्तानी परिवारले मुद्दा फिर्ता लिएपछि उहाँलाई रिहाइ गरिने व्यवस्था छ ।

Reviewed by Google Girl
on
9:45:00 PM
Rating:
No comments: