Top Ad unit 728 × 90

News
News

हेर्नुहोस तपाईको आजको राशिफल – मिति २०७३ साल भदौ २३ गते बिहीबार , २०१६ सेप्टेम्बर ८ तारिख

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला। चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ। स्वास्थ्य कमजोर रहनाले पढाइलेखाइमा पनि समय दिन नसकिएला। सवारीमा सावधानी अपनाउनुहोला। हुलमुलमा धनमाल हराउन सक्छ। पहिलेका समस्या दोहोरिन सक्छन्। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला। 
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो मेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्छ। साथीभाइका साथ रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। अतिथिका रूपमा सम्मानसमेत प्राप्त होला। आँटेका काममा सहयोग जुटाउनेहरू प्रशस्तै भेटिनेछन्। तर छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ। प्रयत्न गर्दा प्रेम र मित्रताको बन्धन कसिनेछ भने काममा आयआर्जन पनि राम्रै हुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह मेहनत गर्दा जटिल ठानिएको काम समेत सम्पादन गर्न सकिनेछ। अधिकारका लागि जुट्नुपरे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ला। व्यवसायमा पनि सामान्य फाइदा हुनेछ। आफ्नो अधिकारका लागि संघर्षमा उत्रनुपरे पनि प्रतिद्वन्द्वीलाई परास्त गर्न सकिनेछ। केही चुनौतीहरू देखिनेछन् तापनि अरूले आँट्न नसकेको काम आफ्ना लागि लाभदायक बन्न सक्छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो अध्ययनमा राम्रो प्रगति हुनेछ। हिम्मतले काम लिनुहोला, आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ। काम देखाएर विशेष उपलब्धि हात पार्न सकिनेछ। गुरुजनको सहयोग जुट्नेछ। व्यवसायमूलक काममा पनि राम्रै फाइदा हुनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने उत्साहजनक समाचारले मन प्रसन्न हुनेछ। सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। पशु र कृषिबाट सामान्य लाभ हुनेछ। आमाको माध्यमबाट काम बनाउन सकिनेछ। आफ्ना योजना तत्काल सार्वजनिक नगर्नुहोला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। छोटो समयमा गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ।
 तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते असंयम व्यवहारले समस्या निम्त्याउन सक्छ। शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सानो प्रयत्नले दिगो फाइदा दिलाउन सक्छ। गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। मेहनत गर्दा रोकिएका काम समेत सम्पादन हुने देखिन्छ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। पठन–पाठनमा पनि प्रगति गर्न सकिनेछ।
 बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। पहिलेको सफलताले काममा उत्साह जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन गर्न सकिनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिरनले व्यक्तित्व निखार्दै धेरैको आकर्षण बन्न सकिनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
 धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे बेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ। पहिलेका कामबाट सोचेको नतिजा प्राप्त नहुन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ।
 मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि धेरै श्रम गर्दा तत्काललाई कम मूल्य प्राप्त हुनेछ। तापनि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ। आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ। आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन्। भएको आम्दानी र सञ्चित रकम समेत खर्च हुन सक्छ। लगानीको तुलनामा थोरै लाभांश देखिए पनि आजको प्रयत्नबाट पछिका लागि फाइदा हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द कीर्तिमानी काम गर्ने समय छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।
 मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। मेहनत गर्दा एउटै कामबाट दोहोरो फाइदा मिल्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक अनुष्ठान वा मंगलमय कृत्य सम्पादन हुन सक्छ। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ।
हेर्नुहोस तपाईको आजको राशिफल – मिति २०७३ साल भदौ २३ गते बिहीबार , २०१६ सेप्टेम्बर ८ तारिख Reviewed by Google Girl on 1:41:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.