Top Ad unit 728 × 90

News
News

कन्डम किन्न लाज लागेपछि यौन सम्पर्क गर्दा कण्डमको सट्टा प्लास्टिकको झोला प्रयोग गर्दा यस्तो हालात.

सम्भोगका क्रममा गम्भीर चोट लागेसँगै एक भियतनामी जोडी राजधानी हनोइको अस्पतालमा भर्ना भएका छन् ।यौन सम्पर्क गर्दा यौनांगमा गम्भीर घाउ हुनुको कारण हो: उनीहरुको यौन सम्पर्क गर्दा कण्डमको रुपमा प्लास्टिकको झोलाको प्रयोग गरेका थिए ।
यौन सम्पर्क गर्न निकै मन लागेको तर कण्डम खरीद गर्न जान अति नै लाज लागेपछि उनीहरुले यौन सम्पर्क गर्दा गर्भ नरहोस् भनेर प्लास्टिकको झोला प्रयोग गरेका थिए । तर त्यसरी प्लास्टिकको झोला प्रयोग गरेर यौन सम्पर्क गर्दा उनीहरुको यौनांगमा बढि घश्रण हुँदा घाउका साथै रक्तश्राव पनि भएको बताइएको छ । भियतनामी पत्रिकाका अनुसार उनीहरुको यौनांगमा थप संक्रमण नहोस् भन्नका लागि एन्टिबायोटिक दिएर उपचार जारी छ । डाक्टरहरुले कण्डमको रुपमा प्लास्टिकको झोला प्रयोग गर्नु निकै अवैज्ञानिक रहेको भन्दै प्लास्टिकको झोला निकै बाक्लो रहेको हुँदा यौन सम्पर्कको बेला यौनांगमा कोतरिएको तथा घाउ बनेको बताएका छन् । स्मरण रहोस् भियतनाममा यौन शिक्षा तथा चेतनाको निकै कमी छ । केही समयअघि गरिएको एक अध्ययनले यौन सम्पर्कको अनुभव संगालेका युनिभर्सिटीका अविवाहित विद्यार्थीहरुमध्ये केवल एक तिहाइले मात्र यौन सम्पर्कका क्रममा कण्डमको प्रयोग गरेको देखाएको थियो । २५ प्रतिशतले आफुलाई कण्डम किन्न निक्कै लाज लाग्ने बताए ।
कन्डम किन्न लाज लागेपछि यौन सम्पर्क गर्दा कण्डमको सट्टा प्लास्टिकको झोला प्रयोग गर्दा यस्तो हालात. Reviewed by Google Girl on 10:43:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.